भुकम्पबाट हालसम्म भएको मानवीय क्षती तथा उद्धार कार्य (मृतक–७८०२, घाइते– १५,९११)

भुकम्पबाट हालसम्म भएको मानवीय क्षती तथा उद्धार कार्य (मृतक–७८०२, घाइते– १५,९११)

काठमाडौँ, २४ बैशाख । बैशाख १२ गते देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी विहिवार १५ः३० बजेसम्मको प्राप्त जानकारी अनुसार ७,८०२ जनाको ज्यान गुमेको छ भने १५,९११ जना घाइते भएका छन् ।

Dharahara-Tower
ज्यान गुमाउनेहरुमा उपत्यकामा १६९८, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५६२८, पश्चिम क्षेत्रमा ४२१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा ९०२६, पुर्व क्षेत्रमा ३२२, मध्य क्षेत्रमा ५३६०, पश्चिम क्षेत्रमा ११७९ र मध्य पश्चिम क्षेत्रमा २२ जना रहेका छन् । साथै भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी पर्यटक ६७ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५२ जनाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाल प्रहरी १ जना, नेपाली नागरिक २८९ र विदेशी नागरिक ११३ जना हराइरहेका छन् ।
हालसम्म उपत्यकामा १६७६, पुर्वमा क्षेत्रमा ५०, मध्य क्षेत्रमा ५५७३, पश्चिम क्षेत्रमा ३८२ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ७६८३ को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन हुनसमेत नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ । साथै भुकम्पबाट प्रहरी कार्यालय ६०२, सरकारी कार्यालय १६१०, शैक्षिक संस्था २४९४, स्वास्थ्य कार्यालय १००, नीजि २९६९८३ र अन्य १०५४ भवनहरु क्षती भएका छन् ।
नेपाल प्रहरीको विपद व्यवस्थापन समेतको संयुक्त टोलीबाट काठमाडौँ उपत्यका लगायत प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य भइरहेको छ । उद्धार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४१ हजार ७ सय ७६ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।