युवा नेता गगन थापाद्वारा दोलखाका थामी समुदायलाई राहत वितरण

युवा नेता गगन थापाद्वारा दोलखाका थामी समुदायलाई राहत वितरण

दोलखा, २४ वैशाख । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम् सभासद् गगन थापाले भूकम्पबाट पीडितलाई राहत सामग्री वितरणसंगै तत्काल पुनःनिर्माणको काम सुरु गर्नुपर्ने बताउनुभएको छ ।

11174982_839561152764975_8186633536823366343_n

दोलखाको सुस्माक्षमावती र सुन्दरावती गाविसमा थामी समुदायका वासिन्दालाई राहत वितरण गर्दै युवा नेता थापाले राहत वितरणको कार्यमा ढिलाई भएको बताउनुभयो । सरकारी तथा गैर–सरकारीलगायतका सवै क्षेत्रबाट राहत वितरण कार्यलाई तिव्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । “अव राहत सामग्री दिएर मात्र पुग्दैन, पुनःनिर्माणको काम पनि सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सुस्माक्षमावती र सुन्दरावतीका न्यून आर्थिक अवस्था भएको थामी समुदायलाई नेता थापाले ४३० थान त्रिपाल, पाँचसय बोरा चामल, २१५ किलो चिनी, तेल, कम्बललगायतका सामग्री वितरण गर्नुभएको हो ।

यसअघि, सदरमुकाम चरिकोटमा स्थानीय प्रशासन, राजनीतिक दलका स्थानीय प्रतिनिधि, संघसंस्था, समाजसेवी, व्यवसायीसित नेता थापाले भूकम्प पीडितवारे जानकारी लिनु भएको थियो । सहभागीहरुले मानवीय क्षति कम व्यहोरेपनि अत्यधिक भौतिक क्षति व्यहोरेको दोलखालाई ‘क’ श्रेणीमा राख्नका लागि पहल गरिदिन नेता थापासित अनुरोध गरेका थिए । मानवीय क्षति कम भएको भन्दै सरकारले दोलखालाई ‘ख’ श्रेणीमा राखेको छ । रासस

तपाइँको प्रतिक्रिया ।