भूकम्प प्रभावित जिल्लामा विप्लव माओवादीले पठायो दुई सय युवा

भूकम्प प्रभावित जिल्लामा विप्लव माओवादीले पठायो दुई सय युवा

काठमाडौँ, २४ बैशाख । विप्लव नेतृत्वको नेकपा माओवादीले भूकम्पबाट बढि प्रभावित जिल्लमा दुई सय युवा दस्ता पठाएको छ । युवाहरुलाई पीडितहरुलाई तत्तकाल अस्थायी बसोबास गर्दै पुनःनिर्माण खटाइने छ ।

netra-bikram-chand2-300x253
विदाई कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूकम्पबाट क्षति घरवारविहिन भएको जनतालाई तत्काल बसोबासको लागि अस्थायी घर टहरा निर्माण गर्न निर्देशन दिए । ‘जनताप्रति जिम्मेवार राजनीतिक पार्टी भएकाले जनतालाई बसोबासको व्यवस्था गर्नु हाम्रो कर्तव्य हो’ कार्यक्रममा महासचिव विप्लवले भने । महासचिव विप्लवले भूकम्पले ठूलो संकट निम्त्योकोले अरुसबै छोडेर आफ्नो पार्टी जनताको सेवामा लागेको भन्दै युवाहरुलाई प्रभावित ठाउँमा गएर खट्न निर्देशन दिए ।
विहीबार काठमाडौँको डिल्लिबजारस्थित पद्म कन्या उच्च माध्यमिक विद्यालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै विभिन्न जिल्लाबाट आएको युवाहरुलाई भूकम्पले क्षति भएका ठाउँमा गएर जनताको सेवा गर्न दिर्नेशन दिएका हुन् ।
कार्यक्रममा पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले पीडित जनताको न्यूनतम् आवश्यकतालाई समेत पूरा गर्न नसकेकाले आफूहरुले युवाहरु परिचालन गरेको बताए । उनले सरकार र सरकारको नेतृत्वकर्ता पार्टीले आफ्नो कार्यकर्तालाई मात्र राहत बाँडिरहेको बताए ।
महासचिव विप्लवले गोरखा, सिन्धुपाञ्चोक, काभ्रे, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायत अति प्रभावित १२ जिल्लामा युवाहरु परिचालन गरिने जानकारी दिए । उनका अनुसार गोरखा र सिन्धुपाल्चोकमा दुई समूह खट्नेछ भने बाँकी जिल्लमा एक समूह । काठमाडौँ र ललितपुरमा आफै घरवारविहिन भूकम्प पीडितहरुको घर टहरा निर्माण गर्दै हिडेका विप्लवले पहिलो चरणमा दुई सय युवा प्रभावित क्षेत्रमा पठाइने जानकारी दिए । महासचिव विप्लवले दिएको जानकारी अनुसार एउटा टोली कम्तिमा १५ दिन खट्नेछ र त्यसपछि अर्को समूह जानेछ ।
त्यसतर्फ जाने युवाहरुलाई अस्थायी घर टहरा निर्माणको लागि आधारभूत तालिम समेत दिइएको छ । तालिममा विज्ञ इन्जिनियरको सहभागिता थियो । इन्जिनियर उमेश मरहट्ठा, निरज महर्जन, विना मल्ल, नलविक्रम थापा र इन्जिनियर पुष्पले घर निर्माणका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए । मरहट्ठा काठमाडौँ उपत्यका खानेपानीमा कार्यरत छन् ।
दुइसय युवालाई बीस समूहमा विभाजन गरिएको छ । त्यसमा एकजना समूह नेता हुनेछन् । उसैले नेतृत्व गर्ने बताइएको छ । गोरखा र सिन्धुपाल्चोकमा दुई समूह र अन्य जिल्लामा एक समूह खटाइने बताइएको छ । सबै समूह भोली विहानै त्यसतर्फ प्रस्थान गर्ने माओवादीले जनाएको छ ।
विप्लव लगायतका नेताहरु पनि भोली गोरखा र त्यसपछि सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

तपाइँको प्रतिक्रिया ।