पारिश्रमिक : अरुणबहादुर खत्री ‘नदी’ (लघुकथा )

पारिश्रमिक : अरुणबहादुर खत्री ‘नदी’ (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

एकजना साहित्यिक क्षेत्रमा लागेको व्यक्ति परशुरामले आफ्ना रचनाहरु विभिन्न पत्रिकामा छापिन थालेर आफ्नो नाम चम्काएपछि अबदेखि पारिश्रमिक नआउने पत्रिकामा आफूले लेखेको कुनै रचना पनि दिन्नँ भनेर पारिश्रमिक पाउने पत्रिकामा मात्रै आफ्नो रचना दिन
थाल्यो ।
ऊ जस्तै साहित्यिक क्षेत्रमा रुचि राख्ने व्यक्ति दामोदरप्रसादले एउटा साहित्यिक पत्रिका निकाल्न इच्छा लागेर ऊसँग भेट हुँदा मैले निकाल्न लागेको साहित्यिक पत्रिकालाई तपाईले पनि रचना दिएर सहयोग गर्नुपर्यो  भनेपछि ‘तपाईले निकाल्न लाग्नुभएको पत्रिकामा मेरो रचना छापिएपछि पारिश्रमिक दिनुहुन्छ कि हुँदैन नि’ भनेर परशुरामले सोध्यो । ‘साहित्यिक पत्रिका निकाल्न त धौ धौ पर्छ भने पारिश्रमिक कसरी दिन सक्छु र मैले’ दामोदरप्रसादले भन्यो । ‘त्यसो भए म तपाईको पत्रिकालाई रचना दिन सक्दिन यसमा दुःख नमान्नुहोला नि’ परशुरामले भन्यो ।
‘ठीकै छ नि त तपाईले पारिश्रमिककै लागि रचना लेखेर छपाउन दिनुहुन्छ भनेदेखि म तपाईको रचना छापिएपछि पारिश्रमिक तपाईलाई अवश्य नै दिन्छु, मैले निकाल्न लागेको पत्रिका बीस प्रति तपाईले विक्री गरिदिनुपर्छ नि । नत्र भने म तपाईलाई पारिश्रमिक दिन सक्दिन’ दामोदर प्रसादले भन्यो ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।