गोकर्णेश्वर नगर प्रमुखमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठको चर्चा

गोकर्णेश्वर नगर प्रमुखमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठको चर्चा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गोकर्णेश्वर नगर प्रमुख पदमा हरिकृष्ण श्रेष्ठको चर्चा सुरु भएको छ। २०७४ सालको निर्वाचनमा नगर प्रमुख ,उपप्रमुख गुमाएको नेकपा एमालेले यस पटक जसरि पनि जित्ने रणनीति बनाएको अवस्थामा प्रमुख पदका लागि श्रेष्ठको चर्चा सुरु भएको हो।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य रहेका श्रेष्ठले नगर प्रमुख पदमा दावी गर्दै आन्तरिक छलफल र तयारी सुरु गरे संगै तरंगित बनेको गोकर्णेश्वर नगरपालिकामा सम्भावित उम्मेदवारहरुका वारेमा पनि चर्चा परिचर्चा चलिरहेको छ।

नेकपा एमालेको राजनीतिमा प्रारम्भिक तह देखि नै सक्रिय रहेर जिल्ला कमिटी हुदै प्रदेस कमिटी सदस्य बनेका श्रेष्ठ नेकपा एमालेको तर्फ बाट बलिया दावेदार रहेको एक नेताले बताएका छन।

अगिल्लो निर्वाचनमा पनि नगर प्रमुख पदको दावेदार रहेका श्रेष्ठ अन्तिम समयमा पछाडी हटेका थिए। राजनीति संगै शिक्षा र समाजसेवालाई समानान्तर रुपमा अगाडी बढाएका श्रेष्ठ सहकारी क्षेत्रमा पनि आवद्ध रहेका छन।

नेपालका निजि तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याव्सनका बागमती प्रदेस कमिटी अध्यक्ष समेत रहेका श्रेष्ठ गोकर्णेश्वर नगरपालिकाका विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि संलग्न रहेका छन।

२०४७ साल देखि २०५४ सम्म साविक गोकर्णेश्वर गाउँ पार्टी कमिटी सचिबको भूमिका निर्वाह गरेका श्रेष्ठले  एम.बि.ए, एम.ए र  एम.पि.ए गरेर तिन विषयमा स्नाकोत्तर गरेका छन।

२०५४ देखि २०६४ क्षेत्रीय कमिटी सदस्य तथा युवा/विद्यार्थी इन्चार्ज रहेका उनि  २०६४-२०७६ काठमाण्डौ जिल्ला कमिटीमा  सचिवालय सदस्य रहेका थिए भने  २०५४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्बाचित भएका थिए।

२०७१ देखि २०७४ गोकर्णेश्वर नगरपालिकामा पार्टी प्रतिनिधि रहेका श्रेष्ठ  प्याब्सन काठमाडौंमा २ कार्यकाल सफल अध्यक्ष , विद्या ब्यायाम मा.बि का प्रिन्सिपल, जया मल्टिपल कलेज, स्तुपा नर्सिङ कलेज, अन्नपूर्ण सेकण्डरी स्कुलका संस्थापक तथा  सहयोगी मा.विका व्यवस्थापन समितीका  निबर्तमान अध्यक्ष समेत रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।