नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ-११ ले उम्मेदवार सिफारिस गर्यो, को को छन ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिका वडा नं ११  ले उम्मेदवार टुंगो लगाएको छ। २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा नं ११ को पूर्ण बैठकले वडा अध्यक्ष सहित सदस्यहरुमा उम्मेदवार बन्ने व्यक्तिहरुको टुंगो लगाएको हो।

सो बैठकको निर्णय अनुसार नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा रेवतराज तिमल्सिनालाई  उम्मेदवार सिफारिस  गरेको  छ।त्यस्तै वडा नं ११ को अध्यक्ष पदमा राजीव केसीले पनि दावी गरेको श्रोतले जानकारी दिएको छ।

त्यस्तै वडा नं ११  को सदस्य पदमा विश्वम्भर खड्का र हरिभक्त गिरी  उम्मेदवार बनाउने निर्णय गरेको सो बैठकले महिला सदस्यमा सुमिरा भण्डारी  र दलित महिला सदस्य पदमा पार्वती परियारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

विभिन्न नेताहरुको उपस्थितिमा भएको सो बैठकले ५ जना उम्मेदवार सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो।

 

तपाइँको प्रतिक्रिया ।