शंखरापुर नगरपालिका प्रमुख : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?

कपन अनलाइन

काठमाडौं, चैत्र १७  ।२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै नेपाली कांग्रेसका तर्फ बाट शंखरापुर नगरपालिकाको प्रमुख पदमा दावेदारी गर्ने नेताहरुको कसरत र दौडधुप पनि ह्वातै बढेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १ वडा अध्यक्ष सहित केहि वडाहरुमा सदस्य जितेको नेपाली कांग्रेस  शंखरापुरमा अहिले नगरपालिकामा रहेको नेकपा एमालेको प्रभुत्वलाई हटाउने भन्दै आक्रामक अभियानमा रहेको छ।

नेपाली कांग्रेसका तर्फ बाट धेरै जनाले प्रमुख पदमा इच्छा व्यक्त गरेपनि अहिले चार जना नेताहरुको चर्चा व्यापक बन्दै गएको छ। पहिलो निर्वाचन पश्चातको अवधि कमजोर प्रतिपक्षका रुपमा बिताएको नेपाली कांग्रेस यस पटक भने जसरि पनि स्थानिय तहको सत्तामा पुग्ने रणनीतिमा देखिएको छ।

शाखा र टोल कार्य समितिमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका  तर्फबाट नगर प्रमुख  पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

 १. दिलिप कुमार श्रेष्ठ

नेपाली कांग्रेस शंखरापुर नगर समितीका सभापति दिलिप कुमार श्रेष्ठ  आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन।

२०४९ साल देखि नेपाली कांग्रेसको पार्टीको क्रियाशील सदस्य हुदै ९ औं महाधिवेशन देखि क्षेत्रीय  प्रतिनिधिको रुपमा सक्रिय रहेका श्रेष्ठ   २०७४ सालको स्थानीय निर्वाचनमा शंखरापुर ६ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षको उम्मेदवार  समेत रहेका थिए ।

२.शंकर तिवारी

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ का क्षेत्रीय प्रतिनिधि एबम पुर्व जिल्ला सदस्य समेत रहेका  शंकर तिवारी  आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा शंखरापुर नगरपालिका प्रमुख पदका उम्मेदवार रहेर २ हजार ९ सय ४७ मत प्राप्त गरेका तिवारी   लामो समय देखि नगरपालिकामा राजनीतिक र सामाजिक गतिविधिमा सक्रीय रहेका छन।

३. जयराम पुडासैनी

नेपाली कांग्रेस काठमाडौं क्षेत्रनं २ का महाधिवेशन प्रतिनिधि रहेका जयराम पुडासैनी आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन।

साबिक इन्द्रायणी गाबिसको अध्यक्ष समेत रहेका पुर्व महाधिवेशन प्रतिनिधि पुडासैनी लामो समय देखि नगरपालिकामा राजनीतिक र सामाजिक गतिविधिमा सक्रीय रहदै आएका छन।

 ४. राजुभाइ मानन्धर

नेपाली कांग्रेस शंखरापुर नगरपालिकाका पुर्व नगर सभापति एबम हालका क्षेत्रीय प्रतिनिधि  समेत रहेका राजुभाइ मानन्धर आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन।

लामो समय देखि नगरपालिकामा राजनीतिक र सामाजिक गतिविधिमा सक्रीय रहदै आएका मानन्धर बिभिन्न संघ सस्थामा आवद्द रहेका छन ।

स्थानीय तहको निर्वाचन आउन  थोरै  समय  बाँकी रहेको अवस्था यी नेताहरु विच चुनावमा टिकट ल्याउने कसरत र प्रयास निकै  तीव्र बनेको छ भने यस पटक जसरि पनि जित्नुपर्ने दवावमा रहेका नेताहरुले पनि आकांक्षीहरुका सबल र दुर्बल पक्षलाई सघन अध्ययन गरिरहेको एक नेताले बताएका छन।

तपाइँको प्रतिक्रिया ।