नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ -८ ले उम्मेदवार टुंगो लगायो , को को छन ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिका वडा नं ८ ले उम्मेदवार टुंगो लगाएको छ। २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा नं ८ को पूर्ण बैठकले वडा अध्यक्ष सहित सदस्यहरुमा उम्मेदवार बन्ने व्यक्तिहरुको टुंगो लगाएको हो।

सो बैठकको निर्णय अनुसार नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को अध्यक्षमा दीपक बरुवाललाई उम्मेदवार बनाइएको छ।

त्यस्तै वडा नं ८ को सदस्य पदमा केशव चौलागाई र राजु हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको सो बैठकले महिला सदस्यमा बाल कुमारी भट्टराई र दलित महिला सदस्य पदमा लिला दियालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

विभिन्न नेताहरुको उपस्थितिमा भएको सो बैठकले ५ जना उम्मेदवार सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो।

 

तपाइँको प्रतिक्रिया ।