बुढानिलकण्ठ नगरपालिका वडा नं ५ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाडौँ चैत्र १३।
२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमावडा अध्यक्ष सहित पाँच जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को वडा अध्यक्ष पदमा दावेदारी दिन सक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. विजय तामाङ्ग
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य विजय तामाङ्ग आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ४०५ मत सहित वडा अध्यक्षमा विजयी बनेका तामाङ्ग राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।
२.बद्री प्रसाद दुलाल
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ सदस्य बद्री प्रसाद दुलाल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३९७ मत सहित वडा सदस्यमा विजयी बनेका दुलाल राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।
३.श्याम कृष्ण ठकुरी
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ सदस्य श्याम कृष्ण ठकुरी पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३८९ मत सहित वडा सदस्यमा विजयी बनेका ठकुरी राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।
४.नारायण दुलाल
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ५ कमिटीका अध्यक्ष नारायण दुलाल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ५ को अध्यक्षमा संभावित दावेदारका रुपमा रहेका छन।
लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याएका दुलाल राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।