सुन्ताखान युवा क्लब गोकर्णेश्वर ३ द्वारा आयोजित दोस्रो वडा अध्यक्ष दौड प्रतियोगिता सम्पन्न

सुन्ताखान युवा क्लब गोकर्णेश्वर ३ द्वारा आयोजित दोस्रो वडा अध्यक्ष दौड प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं, चैत्र १३। गोकर्णेश्वर नगरपालिका वडा नं ३मा  दोस्रो वडा अध्यक्ष दौड प्रतियोगिता  सम्पन्न भएको छ। शनिबार सुन्ताखान युवा क्लबले  नगरपालिकाका पर्यटकीय स्थलको प्रवर्धन  गर्नुको साथै खेलकुद मार्फत युवा पुस्तालाई सकारात्मक कार्य तर्फ प्रेरित गर्ने  र वडा भित्रका दौडमा रुची राख्ने पुरुष र महिलाहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्य सहित क्लबको बार्षिक कार्यक्रम अन्तरगत दोस्रो वडा अध्यक्ष दौड प्रतियोगिता सम्पन्न भएको हो ।वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त  दौड प्रतियोगितामा  ३७ जना पुरुष र १७ जना महिलाको सहभागिता रहेको  थियो । गोकर्णेश्वर नगरपालिका वडा नं ३को वडा कार्यालय प्राङ्गण बाट शुरु भएको दौड प्रतियोगिता घट्ट बसपार्क देबी बाल सुधार स्कुल  हुदै पुन वडा कार्यलय पुगी टुंगिएको थियो ।प्रतियोगितामा पुरुष तर्फा सन्तोष लामा प्रथम भए भने मिलन तामाङ र समर्पण थुलुङ कम्रश दितीय र तृतीय भए। त्यसै गरि अरुण लामा र ग्रीषमान श्रेष्ठले   चौथो र पाँचौ स्थान हासिल गरेका थिए।

 त्यस्तै महिला तर्फ कमला पुरी प्रथम भइन भने रजनी श्रेष्ठ दितीय र रसिका बिष्ट तृतीय भएकी थिइन त्यसै गरि प्रजिता तामाङ र  आशिका मगर क्रमश चौथो र पाँचौ भइन ।प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेलाइ कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख सन्तोष चालिसेले नगर पुरस्कार सहित  ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा   कार्यक्रममा उपप्रमुख  शान्ति नेपाल, ५ नं का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, वडा सदस्य लक्ष्मण गोले, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नगर खेलकुद संयोजक सञ्जय लामा, नेपाली कांग्रेसका नगर सभापति कुमार लामा, समाजसेवी किरण विष्ट, बीपी संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, हर्क बहादुर लामा, जयराम विष्ट, समाजसेवी श्याम श्रेष्ठ, सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्ट लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन बिमान लामाले गरेको कार्यक्रममा कलबका अध्यक्ष हरिबोल बिष्टले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए।  उनले सुन्ताखानको प्रवर्धन र विकासका लागि क्लबले सामाजिक  कार्यको संग संगै पर्यटकीय प्रवर्धनका बिबिध कार्यक्रम समेत गरिरहेको बताएका थिए ।

 

कार्यक्रममा उपप्रमुख  शान्ति नेपाल, ५ नं का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, , वडा सदस्य लक्ष्मण गोले, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नगर खेलकुद संयोजक सञ्जय लामा,  समाजसेवी किरण विष्ट, बीपी संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेल  लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगरपालिका प्रमुख सन्तोष चालिसेले  खेलकुदलाइ नगरले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए ।कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए

तपाइँको प्रतिक्रिया ।