Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/277132669_1033048940581000_4324464017763260301_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/277186074_507401961056721_8398033058009128374_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/276986865_670920050721599_6141476513296061556_n-e1648342610182.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/277475122_330736795730438_8831306036986101090_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/277174963_1027301044553108_3199388100472514884_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/277118907_753731605543130_4834420978395666173_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले गोकर्णेश्वर २ मा स्वास्थ्य शिविर सम्पन्न गर्यो

कपन अनलाइन

काठमाडौँ चैत्र १३। नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ ले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आत्मा साक्षी राखी मन, बचन र कर्मले वृद्द,अपाङ्ग असाहयको सेवा। शान्ति ,स्थायित्व र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं २  संगको सहकार्यमा  चैत्र ११ गते शुक्रबार बिहान ८ बजे देखि ३ बजे सम्म गोकर्णेश्वर नगरपालिका वडा नं २ स्थित नयाँपाटी स्वास्थ्य केन्द्रमा   कोभिड १९ बाट प्रभावित  ज्येष्ठ नागरिक ,सामुदायिक बिध्यालय तथा संस्थागत बिध्यालयमा अध्ययनरत बालबालिका एबम अभिभावकलाइ स्वास्थ्य सचेतना, आँखा/ दन्त परिक्षण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।

 नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रका अध्यक्ष रमेश ढुंगानाको अध्यक्षतामा भएको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्री रहेका थिए भने बिशेष अतिथिको रुपमा समाजसेवी श्याम सुन्दर पण्डित, गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा सदस्य द्वय सरस्वती सुनार, माया तामाङ,   नयाँपाटी स्वास्थ्य चौकी प्रमुख सावित्री श्रेष्ठ, नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रकि सदस्य एबम कार्यक्रम संयोजक  देविका  शर्मा राजोपाध्याय,  नेपाली कांग्रेस गोकर्णेश्वरवडा नं २  इकाई सभापती दिपेन्द्र लामा,राप्रप्रा वडा नं २ इकाई अध्यक्ष अच्युत कुमार पण्डित क्षेत्री, मावोबादी पार्टीका शिवराम पण्डित, लगायत स्वास्थ्यकर्मी कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन  प्रमिला खड्का पण्डितले गरेकी थिइन ।

  राष्ट्रिय गान संगै  शुरु भएको कार्यक्रममा संस्थाकी सदस्य कला बस्नेतले स्वागत मन्तब्य राखेकी थिइन।कार्यक्रम संयोजक देविका  शर्मा राजोपाध्यायले कार्यक्रमको  उदेश्य माथी प्रकाश पर्दै संस्थाले गर्दै आएको कामको बारेमा समेत जानकारी गराएकी थिइन । शिविरमा औषधि समेत निशुल्क प्रदान गरिएको थियो ।कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीलाइ सम्मान गरिएको थियो ।

 

कार्यक्रममा समाजसेवी श्याम सुन्दर पण्डित, नयाँपाटी स्वास्थ्य चौकी प्रमुख सावित्री श्रेष्ठ नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं २  इकाई सभापती दिपेन्द्र लामा लगायतले शुभकामना मन्तब्य राख्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए। अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगका स्थानीयवासी र बिद्यार्थीलाइ  लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमको प्रसंसा गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाइ निरन्तरता दिन अनुरोध गरेका थिए । स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा हुने भएकाले स्थानीयदेखि सरकारले स्वास्थ्य क्षेत्रममा विषेश ध्यान दिनुपर्ने बताएका थिए  ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहदुर पण्डित क्षेत्रीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । वडाले स्वास्थ्य शिक्षा खानेपानी लगायतको क्षेत्रमा काम गरिरहेको जानकारी दिएका थिए  । उनले आगामी दिनमा पनि संस्था संग हातेमालो गर्दै बिभिन्न कार्यक्रम गर्दै जाने बताएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै संस्थाका अध्यक्ष  रमेश ढुंगानाले  उपस्थित सबैलाई धन्यबाद दिएका थिए । मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि  खुशी र स्वस्थ  भए मात्र समाज स्वस्थ हुने बताउदै स्वस्थ समाज निर्माणको लागि नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले  बिभिन्न स्थानमा नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर लगायतको कार्य गर्दै आएको  बताउदै आगामी दिनमा पनि गर्दै जाने बताएका थिए।

कार्यक्रममा ४ सय भन्दा बढी ज्येष्ठ नागरिक ,सामुदायिक बिध्यालय तथा संस्थागत बिध्यालयमा अध्ययनरत बालबालिका एबम अभिभावकहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।