एनआरएनए आइसिसि सचिवमा खगेन्द्र न्यौपानेको उम्मेदवारी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११।

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवार दिएका छन ।

हाल एसिया प्यासिफिक सहसंयोजक भएर सफलता पुर्बक आफ्नो जिम्मेवारी पुरा गरेका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका छन ।

एनआरएनए मलेसियाको उपाध्यक्ष, आईसीसी सदस्य, अध्यक्ष र हाल एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाईसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा मलेसिया, मध्यपुर्व र कोरियाका श्रमिकका मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताएका छन ।
गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलतापुर्वक रुपमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पुग्न नयाँ जिम्मेवारी वहन गर्न सक्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरेका छन ।

न्यौपानेले अहिलेसम्म सबै साथिहरुको माया, साथ, शुभेच्क्षा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचिवमा पनि अत्याधिक मतले विजयी गराई सफलतालाई निरन्तरता दिन सबै गैरआवासीय नेपालीलाई अपिल गरेका छन  ।
एनआरएनएले संचालन गरेका हरेक अभियानमा सबैभन्दा धेरै आर्थिक तथा भौतिक सहयोग गरेका न्यौपाने नेपालमा नाकाबन्दी हुँदा होस् या महाभूकम्पमा यात तराई बाढिपहिरोमा आफै खटिएर सेवा गरेका थिए।

गोरखामा बनेको भूकम्पपीडितको लाप्राक नमूना बस्ती, एनआरएनएको कार्यालय निर्माण तथा अन्य बेलाबेलमा आइपर्ने सामाजिक कार्यमा अग्रस्थानमा रहेर न्यौपानेले आर्थिक सहयोग गरिरहेका छन् ।
एनआरएनएले आयोजना गरेका सबै कार्यक्रममा भौतिक,आर्थिकलगायतका सबै प्रकारका सहयोगमा अग्रसर न्यौपानेले संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मूल्यांकन गरि आगामी कार्यकालमा संस्थामार्फत थप सेवा पुर्याउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।