गोकर्णेश्वर नगरपालिका वडा नं ३ अध्यक्ष : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  गोकर्णेश्वर नगरपालिका वडा नं ३  को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा  वडा अध्यक्ष सहित ३ जना सदस्य जितेको सो वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका  तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. राजेन्द्र भण्डारी

गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वर्तमान वडा अध्यक्ष रहेका भण्डारी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३  को अध्यक्षमा प्रबल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ८७८ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका भण्डारी राजनीति संगै सामाजिक सेवामा सक्रिय रहेका छन।

२  किरण बहादुर बिष्ट

नेपाली कांग्रेस वडा नं ३को पुर्व इकाई सभापति समत रहेका बिष्ट आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३  को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।पुर्वराष्ट्रसेवक कर्मचारी समेत रहेका बिष्ट  समाजसेवा र राजनीतिक  क्षेत्रमा सक्रिय रहेका छन।

३. श्याम बहादुर श्रेष्ठ

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३  का  इकाई  सभापति रहेका श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३  को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन। उनि शिक्षासेवा, सहकारी र समाजसेवामा सक्रिय रहेका छन।

४. लक्ष्मण कुमार लामा (गोले)   

गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य एबम  लक्ष्मण लामा (गोले)  आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३  को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य समेत रहेका गोले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७९६ मत सहित वडा सदस्यमा निर्वाचित भएका थिए ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।