लिखु गाउँपालिका ओखलढुंगा प्रमुख : को को छन नेकपा एमालेका सम्भावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ११।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै लिखु गाउँपालिका ओखलढुंगाको अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुख र उपप्रमुख सहित विभिन्न वडाहरु जितेको नेकपा एमालेको तर्फबाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।

पालिका ,शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका  तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. गोविन्द बहादुर पौडेल 

नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य गोविन्द बहादुर पौडेल २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिखु गाउँपालिका ओखलढुंगाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३०१० मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका पौडेल राजनीति संगै विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहेका छन।

२. शान्ता ढुंगेल 

नेकपा एमाले प्रदेस नं १ कमिटी सदस्य शान्ता ढुंगेल पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिखु गाउँपालिका ओखलढुंगाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेकी छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३११० मत सहित गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी पौडेल राजनीति संगै विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहेका छन।

३. सुरेन्द्र बोगटी 

नेकपा एमाले केन्द्रीय समन्वय कमिटी सदस्य सुरेन्द्र बोगटी पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिखु गाउँपालिका ओखलढुंगाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेका  छन।

लामो समय देखि सम्पर्क मंचका विभिन्न नेतृत्वदायी भूमिकामा योगदान दिएका बोगटी कानुन क्षेत्रमा पनि सक्रिय रहेका छन।

४.मिलन कुमार बिस्ट 

नेकपा एमाले प्रदेस नं १ कमिटी सदस्य मिलन कुमार  बिस्ट पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिखु गाउँपालिका ओखलढुंगाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेका छन।

लामो समय देखि नेकपा एमालेमा सक्रिय रहेका बिस्टले  पोकली झर्ना सेवा समाज गठन गरेर लामो समय देखि लिखु गाउँपालिकाको विकासमा योगदान पुर्याउदै आएका छन।

५ . प्रेम प्रसाद भट्टराई  

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य प्रेम प्रसाद भट्टराई पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिखु गाउँपालिका ओखलढुंगाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेका छन।

यस अघि गाउँपालिका कमिटी अध्यक्ष रहेका भट्टराई लामो समय सम्म शिक्षा क्षेत्रमा सक्रिय रहेका थिए।

६ . अस्मिता थापा 

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य अस्मिता थापा पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिखु गाउँपालिका ओखलढुंगाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेकी छन।

विद्यार्थी आन्दोलन सहित सामाजिक र शैक्षिक आन्दोलनमा रहेकी थापालाई पालिका प्रमुख पदमा दावेदारी गरे पनि आसन्न निर्वाचनमा  उपप्रमुख पदको शशक्त दावेदारका रुपमा हेरिएको छ ।

७ . राम कुमार अछामी 

नेकपा एमाले लिखु गाउँपालिका कमिटीका अध्यक्ष राम कुमार अछामी पनि २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिखु गाउँपालिका ओखलढुंगाको अध्यक्ष पदका प्रवल दावेदारका रुपमा रहेकी छन।

लामो समय देखि नेकपा एमालेमा सक्रिय अछामी विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।