राष्ट्रपतिद्धारा सरकारलाई सहयोग गर्ने आश्वासन

१६ जेठ, काठमाण्डौं । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बावुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ ।

शितलनिवासमा भएको उक्त भेटवार्तामा राष्ट्पति र प्रधानमन्त्रीबिच अहिलेको संवैधानिक जटिलता अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले भेटका क्रममा राजनीतिक दलहरूलाई राष्ट्रिय सहमतिमा ल्याएर अगाडी बढ्न आफूले प्रयत्न गरिरहेको जनाकारी दिएका थिए । उनले दलहरुबिच सहमतिको वतावरण बनाएर अगाडि बढ्नेका लागी राष्ट्रपतिले पनि आफूलाई सहयोग गर्नुपर्ने आग्रह गरेका थिए ।
जवाफमा राष्ट्रपति डा. यादवले आफ्नो तर्फबाट सरकारलाई सक्दे सहयोग गर्ने बताउँदै दलहरूबिच सहमति कायम गरेर अगाडी बढ्नुपर्ने बताए ।
तपाइँको प्रतिक्रिया ।