अभिनेता आमिर खान बालिका भ्रूण हत्याविरुद्ध अभियानमा

बालिका भ्रूण हत्या रोक्ने कार्यक्रम ल्याउन खोजिरहेको भारतको बिहार सरकारले यस अभियानका लागि अभिनेता आमिर खानसँग सहायता मागेको छ । बिहार सरकारले शुरु गर्न लागेको ‘बालिका बचाऔं’ अभियानका लागि आमिर खानलाई ब्राण्ड एम्बेस्डर बनाउने चाहेको त्यहाँका स्वास्थ्य मन्त्री अश्विनीकुमार चौबेले बताएका छन् । यही मे ३० बाट शुरु गरिने उक्त अभियानका लागि बिहार आउन आमिरलाई निमन्त्रणा पठाइएको छ । केही हप्ता अघिमात्र आमिर खानले उनको सत्यमेव जयते कार्यक्रममार्फत भारतमा बालिका भ्रूण हत्याको विकराल अवस्थाको सार्वजनिक गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।