११ ग्रामको कृतिम मुटुले बचायो बालकको जीवन

१६  जेठ, एजेन्सी । १६ महिनाका एक बालकमा प्रत्यारोपण गरिएको ११ ग्रामको कृतिम मुटुले बालकको जीवन बचाएको छ । इटालीमा गरिएको कृतिम मुटुको प्रत्यारोपण एक महिना अगाडी नै गरेको भएपनि त्यस कुरालाई अस्पतालले यो हप्तामात्र बाहिर ल्याएको थियो ।
प्रत्यारोपण पछी बालकको स्वास्थ्य राम्रो भएको डाक्टरहरुले जनाएका छन् । उक्त बच्चालाई मुटुको मांशपेशीमा समस्या भएका कारण जन्मेको एक महिनादेखी नै आईसियूमा राखिएको थियो ।
प्रत्यारोपणमा प्रयोग गरिएको टिटानियमको पम्प मुटुको उपचारमा एउटा कोशेढुङ्गा भएको त्यहाँका डाक्टरहरुले बताएका छन् । ११ ग्रामको यो सानो सामानले एक मिनेटमा १.५ लिटर रगत पम्प गर्न सक्छ ।
तपाइँको प्रतिक्रिया ।