नेपाल स्काउट र युनिसेफको सहकार्यमा मास्क सुनिस्चितता कार्यक्रम

नेपाल स्काउट र युनिसेफको सहकार्यमा मास्क सुनिस्चितता कार्यक्रम

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २ ।

नेपाल स्काउट र युनिसेफ नेपालको सहकार्य मा मास्क सुनिस्चितता कार्यक्रम सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउपालिका अन्तर्गत श्री माछापुछ्रे मा बि भुर्जुङ्खोला र श्री महेन्द्र मा बि लाहाचोकमा कोभिड १९ रोकथाम र नियन्त्रणका लागीमास्क  सुनिश्चितता कार्यक्रम सम्पन्न भएँको हो ।

युनिसेफ नेपालको सहयोगमा प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा माछापुछ्रे गाँउपालिका अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेशका संयोजक आशीर्वाद सुबेदी, प्रदेश समिति सदस्य तथा सहायक रास्टीय प्रशिक्षक सागर पौडेल, सम्बन्धित वडाका वडा अध्यक्ष, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, अभिभावक संघका पदाधिकारीहरु, शिक्षक, अभिभावक, प्रदेश स्काउट कार्यालयका प्रदेश अधिकृत, नेपाल स्काउट स्थानिय तदर्थ समितिका पदाधिकारीहरु, स्काउट लिडरहरुको उपस्थितीमा बिद्यालयहरुमा मास्क बैंक स्थापना गर्ने सम्बन्धमा अन्तरक्रिया  कार्यक्रम सहित तीस हजार सर्जिकल मास्क हस्तान्तरण गरिएको थियो।

कोभिड १९ को अर्को लहर जुनसुकै बेला पनि आउन सक्ने हुदा सबै सतर्क अवस्थामा रहनुपर्ने र यो अभियान अमरसिंद्ध माबि पोखरा ३१ र सृजना बहिरा आवाशिय मा बि पोखरा २६ मा सम्पन्न भैइसकेको र अन्य बिद्यालयहरुमा मास्क बैंक  स्थापना गर्नका लागी मास्क सुनिश्चितता कार्यक्रम सञ्चालन गरिने प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशका प्रदेश अधिकृत बिजय पौडेलले बताएका छन यो।

तपाइँको प्रतिक्रिया ।