पुरातात्विक वस्तुहरुको चोरी

पुरातात्विक वस्तुहरुको चोरी

काठमाडौँ, १६ वैशाख । ऐतिहासिक महत्वका सम्पदा धरोहर भग्नावशेषमा परिणत भएपछि त्यहाँका सामग्री चोरी हुन थालेको छ ।

काठमाडौँ महानगरपालिका तथा पुरातत्व विभागलगायतका सम्बन्धित निकायले आवश्यक सुरक्षा व्यवस्था गर्न नसक्दा उक्त स्थानका प्राचीन इँटा, फलामका टुक्रालगायत सामान हराएका हुन् ।

11182129_838432776211146_1270397962111986243_n

शनिबार गएको महाभूकम्पले जनमानसमा भय तथा त्रास उत्पन्न गरिरहेको भए पनि विभिन्न बहानामा त्यहाँ आउने अधिकांशले तस्बिर खिचाउने र इँटालगायतका सामग्री बोकेर लगेको पाइएको छ ।

कसैले प्राचीन सामग्रीको संरक्षणका लागि त कसैले महँगो मूल्यमा तीनको बिक्री गर्ने उद्देश्यले ती सामग्री ओसारेका छन् भने सम्पदा संरक्षणमा लागेका केही अभियन्ताले त्यसलाई रोक्ने प्रयास गरिरहेका छन् ।

सम्पदा संरक्षण समितिका अभियन्ता गणपतिलाल श्रेष्ठले सो स्थानमा सरकारले तत्काल सुरक्षाको व्यवस्था मिलाउन नसके पनि अहिलेको अवस्थामा बिनाबर्दीका प्रहरीका रुपमा नागरिकले तिनको संरक्षणका लागि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्पबाट भत्किएका वसन्तपुर तथा हनुमानढोका आसपासका क्षेत्रमा भने स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यबाट अनावश्यक मानिसलाई जान प्रतिबन्ध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।