अपेन बुढानीलकण्ठको दोस्रो अधिवेशन सम्पन्न ,को को बने पदाधिकारी ?

अपेन बुढानीलकण्ठको दोस्रो अधिवेशन सम्पन्न ,को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौ,  फागुन २९।

एशोसिएसन अफ प्रिस्कुल एडुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठको दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

बुढानीलकण्ठ नगरपालिकाको उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्य तथा अपेन बुढानीलकण्ठका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा वडा नं.१२ स्थित एभरसाईन प्यालेसमा आयोजित अधिवेशनमा नगर क्षेत्रमा संचालित प्रिस्कुलका सञ्चालक तथा प्रिन्सिपलहरुको  सहभागीता रहेको  थियो।

सो अधिवेसनबाट राजकुमार घिमिरे  अध्यक्षमा चयन भएका छन भने विनोद थापा वरिष्ठ उपाध्यक्ष तथा  रुकमणी तिमल्सिना र दीपा रोक्का आचार्य  उपाध्यक्षमा चयन भएका छन।

त्यस्तै सो  सुनिल ढुंगानालाई  सचीवमा चयन गरेको अधिवेसनले  संगीता पन्त  कोषाध्यक्ष, निरु भण्डारी सहसचिव र  चयन कुमारी घिसिङ,  सुवोध भुषण, खोजु श्रेष्ठ, सम्झना थापार याङ्जी शेर्पालाई  सदस्यमा चयन गरेको छ।

सो अधिवेसनमा नगर शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह, वडा नं.११ अध्यक्ष राजु अधिकारी, वडा नं१२ का अध्यक्ष शम्भु भट्टराई, वडा नं ९ कि कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, कार्यपालिका सदस्य तथा  सामाजिक विकास समिति संयोजक शान्ता ढकाल, बूढानीलकण्ठ नगर शैक्षिक फोरम तथा प्याबसनका काठमाडौं जिल्ला सहसचिव कृष्ण भण्डारी, बुढानीलकण्ठ नगर एनप्याब्सनका अध्यक्ष नारायण तिमल्सिना, अपेन बागमती प्रदेश संयोजक कृष्ण बोहरा, केन्द्रिय सदस्य तथा सल्लाहकार कमला ढकाल अधिकारी, प्रदेश सदस्य रिन्कु ढकाल, अपेन काठमाडौं महानगर अध्यक्ष तिलक मानन्धर, अपेन टोखा अध्यक्ष शारदा पाण्डे लगायतको उपस्थिति रहेको थियो।

विभिन्न विद्यालयहरुकी संस्थापक समेत रहेकी  प्रमुख अतिथि रमादेवी राईले निजी स्तरमा प्रिस्कुल संचालन गर्नु अत्यन्तै चुनौतीपूर्ण कार्य भएको बताउँदै सम्पूर्ण प्रिस्कुल संचालकहरुलाई धन्यवाद दिएकी थिइन्।

बुढानीलकण्ठ नगर शैक्षिक फोरम तथा प्याबसनका काठमाडौं जिल्ला सहसचिव कृष्ण भण्डारीले शुभकामना मन्तव्य राख्दै कतिपय संघसंस्थाहरुमा महिलाको सहभागिता अत्यन्तै न्यून देखिने गरेकोमा अपेन बुढानीलकण्ठमा पुरुष भन्दापनि महिलाको संख्या धेरै देखेर अत्यन्तै खुशी लागेको बताएका थिए ।

नगर शिक्षा प्रमुख ललित विक्रम सिंहले  प्रिस्कुल संचालन गर्नु व्यवसाय मात्रै नभएर भोलीको राष्ट्रको असल नागरिकको जग बसाल्ने जिम्मेवारी पनि बहन गर्ने भएकोलेआफू एकदम सकारात्मक रहेको धारणा राखेका थिए ।

नगर सामाजिक विकास समिति संयोजक शान्ता ढकालले कुनैबेला घरको चुलो र चौकोमा मात्रै सिमित महिला दिदीबहिनीहरुले सक्रिय भएर यति धेरै प्रिस्कुल सञ्चालन गर्नु गर्व गर्न लायक भएको भएको भन्दै खुसि व्यक्त गरेकी थिइन् ।

केन्द्रिय सदस्य तथा सल्लाहकार कमला ढकाल अधिकारी तथा प्रदेश सदस्य रिन्कु ढकालले संयुक्त रूपमा सञ्चालन गरेको दोस्रो बन्द सत्रमा अध्यक्ष राजकुमार घिमिरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष संगीता पन्तले २०७५ सालदेखिको आय/व्यय विवरण प्रस्तुत गरेकी थिइन्।

 

 

तपाइँको प्रतिक्रिया ।