निर्वाचन आयोगद्वारा खर्च सिलिङ प्रस्ताव,कति छ निर्वाचन खर्च ?
आयोगले गरेको प्रस्ताव अनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखले ७ लाख ५० हजार,उपनगरपालिका प्रमुख र उपप्रमुखले ५ लाख ५० हजार, नगरपालिका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, गाउँपालिका प्रमुख र उपप्रमुखले तीन लाख ५० हजार र जिल्ला समन्वय समितिका प्रमुखले ५० हजार मात्र निर्वाचन प्रचारमा खर्च गर्न पाउँनेछन।
यस्तै वडाध्यक्ष र सदस्यका उम्मेदवारले महानगरमा तीन लाख, उपनगरपालिकामा दुई लाख ५० हजार, नगरपालिका दुई लाख, गाउँपालिकामा एक लाख ५० हजार, जिल्ला समन्वय समितिका सदस्य र नगर–गाउँ कार्यपालिका सदस्यले २५ हजार खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।
तपाइँको प्रतिक्रिया ।