बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा फेरी उम्मेदवार बन्ने नगर प्रमुख उद्दव खरेलको संकेत …..

बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा फेरी उम्मेदवार बन्ने नगर प्रमुख उद्दव खरेलको संकेत …..

कपन अनलाइन

काठमाण्डौ ,फागुन २७।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले आउने स्थानीय तहको निर्वाचन पनि नगर प्रमुख पदको लागि उम्मेदवार बन्ने संकेत गरेका छन।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर १३२४६ मत सहित विजयी बनेका खरेलले दोश्रो कार्यकालको लागि पनि नेकपा एमाले बाट उम्मेदवार बन्न सक्ने चर्चा अहिले नेकपा एमाले बुढानिलकण्ठमा चलेको छ।

औपचारिक रुपमा कतै मुख नखोले पनि खरेलले यस वारेमा आफ्ना निकटस्ठहरु संगको छलफललाई भने निकै तीव्रता दिएको चर्चा चलेको छ।

आफ्नो कार्यकालको शुरुवाती १ वर्ष कानुन र आवस्यक पूर्वाधार निर्माणमा खर्चनुपरेको र करिव २ वर्ष भन्दा बढी समय विस्वब्यापी महामारीका कारण विकास केन्द्रित काममा सोचेजति लगाउन नसकेको बताउदै आएका नगर प्रमुख खरेललाई फेरी पनि तपाई नै नेकपा एमाले बाट उम्मेदवार बन्ने चर्चा छ नि ?  भन्ने कपन अनलाइनको प्रश्नमा उनले आफुले यस वारेमा कहिँ कतै केहि नभनेको र सो विषय नितान्त पार्टीको निर्णयमा भर पर्ने भएकोले थप केहि नबताउने धारणा राखेका छन।

तर उनले खुलेर उम्मेदवारीका वारेमा नभनेपनि नेकपा एमालेले आगामी निर्वाचनमा पनि खरेललाई नै अगाडी सार्न सक्ने बुढानिलकण्ठका एक एमाले नेता बताउछन।

पार्टी  र संसदीय जीवनमा खरेल नगरपालिकाका अन्य नेताहरु भन्दा अनुभवी र बरिस्ट भएकोले पनि उनलो पल्ला भारी रहेको बताउदै ति नेताले हालसम्म खुलेर कसैले पनि उनलाई चुनौती दिन नसक्नुले पनि भावी दिनको संकेत गरेको बुझ्न सकिने धारणा राखेका छन।

पार्टी कमिटीमा होस् कि जनप्रतिनिधि बन्न होस् माथिका (!?) नेताहरुलाई रिझाउदै उनीहरुको “गुड लिस्ट” मा पर्नुपर्ने वर्तमान चल्तीको पदत्तिमा कसैलाई पनि बिझाउने गरी काम नगर्ने स्वभावका खरेलको दावेदारी निकै शशक्त हुन् सक्ने  एक बुद्दिजीवी बताउछन।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका केहि वडाका अध्यक्षहरुले चिया गफ र अनौपचारिक कुराकानीमा नगर प्रमुख पदको दावेदार दिने “कुरा” गरेपनि भुइँको टिप्दा पोल्टाको खस्ने डरले देखिने गरी कसैले पनि दावेदारी प्रस्तुत गरेका छैनन भने केहि नेताहरुले आफ्ना योजना तथा कार्यक्रमहरु सामाजिक संजालमा राख्दै संकेत गरेपनि खुलेर बोलेको भने कतै पनि नदेखिएको एक नगर कमिटी सदस्य बताउछन।

पछिल्लो समयमा हुने हरेक छलफल र भेटघाटमा यो कार्यकालमा कोभिड र कानुन निर्माण का कारण खुलेर जनताको सेवामा काम गर्न नसकेको अभिव्यक्ति   दिदै आएका प्रमुख खरेलको आसय आगामी कार्यकालमा उम्मेदवार बनेर जितेमा धेरै काम गर्न सकिने भन्ने बुझिने एक संचारकर्मी बताउछन।

नगर प्रमुख खरेलले घुमाउरो तरिकाले संकेत दिएको बताउदै उनले को उम्मेदवार बन्ने र कस्तो रणनीति हुने भन्ने कुरा अवको करिव ४० दिनमा छर्लंग हुने धारणा राखेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।