साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी बुढानिलकण्ठ -११ को मेगा खेलकुद सप्ताह सुरु
कपन अनलाइन
काठमाण्डौ,फागुन २६।
साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी बुढानिलकण्ठ -११ को खेलकुद मेगा सप्ताह सुरु भएको छ।
विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापको विकास र रचनात्मक क्षेमताको विकासका लागि आयोजना गरिएको सो खेलकुद सप्ताहको उदघाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले गरेका छन।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष निम्तो नवांग शेर्पा ,बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सचिव दामोदर भट्टराई ( बद्री ), संचालक समितीका अध्यक्ष तथा वडा सदस्य बिनोद कुमार तामाङ लगायतको उपस्थितिमा खेलकुद सप्ताहको उदघाटन गरिएको थियो ।
पश्चिम काेही पूर्व घर बाेलकाे गीतमा शिक्षक तथा विद्यार्थीहरुकाे स्वागत नृत्य तथा हामीखेलाडी बाेलकाे गीतमा खेलकुद नृत्य प्रस्तुत गरि उद्घाटनलाई भव्य बनाइएकाे थियाे। कार्यक्रमलाई सम्बाेधन गर्दै वडाध्यक्ष राजु अधिकारीले साम्तेन स्कुलले अपनाएकाे रुपान्तरित माेडेललाई अन्य स्कुलहरुले पनि अपनाई युगअनुकूलकाे शिक्षा दिनुपर्ने बताएका थिए भने मेट्कस अफ एसियन फुटबलका महासचिव समेत रहेका बद्री भट्टराईले आफ्नाे खेलकुद एकेडेमीमा साम्तेन स्कुलका विद्यार्थीका लागि निशुल्क प्रशिक्षण गरिने पनि उद्घाेष गरेका थिए ।
प्रमुख अतिथि लामिछानेले साम्तेन स्कुलले अपनाएकाे रुपान्तरित माेडेलकाे सिकाइ गतिविधिलाई नगरपालिकामा समेत छलफल गरि सबै स्कुललाई स्कुलिङ् गर्ने तथा खेलकुदमा पनि भविष्य खाेज्न सकिने कुरा व्यक्त गरेका थिए ।
कार्यक्रमलाई अझै प्रस्ट पार्दै स्कुल इन्चार्ज तथा प्रबन्ध निर्देशक शक्ति नेपालले फुटबलमा, भलिबलमा, बास्केटबलमा, करातेमा, नृत्यमा, सङ्गीतमा, पढाइमा तथा अन्य विभिन्न विधामा भविष्य निर्माण गर्न सकिने तथा साम्तेनले अपनाएकाे नयाँ रूपान्तरित माेडेलकाे शिक्षण सिकाइले बहुआयामिक व्यक्तित्वका विद्यार्थी उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमकाे बिट मार्दै अध्यक्ष निम्ताे शेर्पाले साम्तेन स्कुल अब एक फड्काे मारिसकेकाे र यस अवस्थामा सम्पूर्ण कुराहरुमा रुपान्तरण जाने भएकाले सबै महानुभावहरुलाई अब अपडेट हुन र गराउन अपिल गरेका थिए ।
यस किसिमकाे कार्यक्रममा सबै विद्यार्थीले सहभागिता मार्फत् आफ्नाे व्यक्तित्व विकास गर्नसक्ने उच्च सम्भावना देखिने बताउदै सबै खेलमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई मेडल तथा सर्टिफिकेटद्वारा पुरस्कृत गरिने विद्यालयकी प्रधानाध्यापक सिर्जना न्याैपाने नेपालले जानकारी दिएकी छन ।
खेल तालिका :