शंखरापुरमा रोजगार सूचना केन्द्रको स्थापना
कपन अनलाइन
काठमाण्डौ,फागुन २६।
नेपाल सरकारले बेरोजगारहरुको तथ्यांक संकलन गर्ने कार्यलाई द्रुत गतिमा अघि बढाइरहेको छ । नेपाल भित्र विभिन्न स्थानमा रोजगार सूचना केन्द्रहरुको स्थापना गरी सरकारले बेरोजगारहरुको तथ्यांक संकलन गरिरहेको छ । बुधवार शंखरापुर नगरपालिकामा पनि रोजगार सूचना केन्द्रको उद्घाटन भएको छ ।
होमनेट नेपाल र एक्सन एडकाको सहयोगमा सुचना केन्द्रको उद्घाटन भएको हो । बेरोजगारको लगत संलन गर्ने र संभव भए सम्म रोजगार विनिमय सेवा पनि प्रदान गर्ने उद्देश्य राखेर नगरपालिकाले रोजगार सूचना केन्द्रको स्थापना गरेको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए ।
नगरपालिकाले नगर क्षेत्र भित्र वा बाहिरकाका रोजगारदाताहरु सूचिकृत भई मानवश्रोत व्यवस्थापनमा सहभागी हुन नागरिकलाई अनुरोध समेत गरेको छ।सूचना केन्द्रको उद्घाटन कार्यक्रममा नगर प्रमुख सुवर्ण श्रेष्ठ,उपप्रमुख शुक्र लक्ष्मि श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रमेश गौतम लगाएतको उपस्थिति रहेको थियो ।