बुढानिलकण्ठ नगरपालिकामा एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न

बुढानिलकण्ठ नगरपालिकामा एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फाल्गुन २० ।  सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ  बुढानिलकण्ठ नगरपालिकामा एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको आयोजना तथा वेव बैँक नेपालको प्राविधिक सहकार्यमा भएको उक्त अभिमुखीकरण कार्यक्रममा सूचना प्रविधिको युगमा अवसर र चुनौतीहरु लगाएत दैनिक जसो बढिरहेका हत्या,अपराध र जोखिमहरुका बारेमा छलफल गर्दै यी समस्याहरु आउन नदिन र आईसकेपछी यसको निराकरण कसरी गर्ने, समाजलाई साइवरको आतंकबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम गरिएको हो।

बोष्टर  मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ड नगरपालिकाका नगर प्रमुख उद्धव खरेल, अतिथि उपप्रमुख रमा राई, प्रमुख कार्यकारी अधिकृत भुबनेश्वर लामिछाने , महाराजगंज प्रहरी नायव उपरिक्षक, प्रमेश  बिष्ट ,  सम्वन्धित शाखा प्रमुखहरु, बुनपाका १३ वटै वडाका वडाध्यक्ष एवं वडा प्रतिनिधि नागरिक समाजका व्यक्तिहरु, विभिन्न मिडियाका पत्रकारहरु एवं स्थानीयको सहभागीता रहेको थियो  ।

कार्यक्रममा साइवर क्राइम सम्वन्धी डकुमेन्टरी, विचार परामर्श तथा अन्तर्कृया समेत राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख  उद्दब खरेलले यस्ता किसिमका अभिमुखिकरण तालिम द्वारा विभिन्न जघन्य अपराध तथा अस्वभाविक रुपमा घट्ने घटनाहरुबाट बच्न सहज हुने बताएका थिए भने यस्ता ज्ञानबर्धक तालिमहरुको निरन्तरता रहनुपर्ने सहभागीहरुले जनाएका थिए।कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।