बुढानिलकण्ठ नगरपालिकालाई नेपाली कांग्रेसको ज्ञापनपत्र ,के के छन मुद्दाहरु ?

बुढानिलकण्ठ नगरपालिकालाई नेपाली कांग्रेसको ज्ञापनपत्र ,के के छन मुद्दाहरु ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

नेपाली कांग्रेस बुढानिलकण्ठले नगरपालिकामा ज्ञापनपत्र बुझाउदै विभिन्न माग राखेको छ।

नेपाली कांग्रेस बुढानिलकण्ठले महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको चुनिखेल भद्रकाली बालुवा प्रसोधन केन्द्र ,खाना र खाजा खर्च , वडा नं ६ को सार्वजनिक जग्गा मिलान सहित विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकीले  ज्ञापनपत्र हस्तान्तरण गरेको सो अवसरमा महासमिति सदस्य बिनोद चालिसे,नेपाली कांग्रेस काठमाण्डौ ४ ( २ ) का सभापति रामप्रसाद लुइँटेल सहित नगर कार्यसमितिका पदाधिकारी,वडा समितीका सभापति तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

ज्ञापनपत्र हस्तान्तरण गर्दै नेपाली कांग्रेस बुढानिलकण्ठले  नगरपालिकाको खरिद नियम र सरकारी मापदण्ड विपरित उपभोक्ता समिती मार्फत भएका कामहरुको वारेमा पनि गम्भीर चासो व्यक्त गरेको थियो।

अनुमति बिना संचालन भैरहेको चुनिखेल भद्रकाली बालुवा प्रसोधन केन्द्र तुरुन्त बन्द गर्न माग गर्दै नेपाली कांग्रेस बुढानिलकण्ठले नगरपालिकामा भइरहेका प्राकृतिक दोहनको विषयमा नगरपालिकाले उदासिन बनेर आँखा चिम्लिएको आरोप समेत लगाएको छ।

सो ज्ञापनपत्र बुझ्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले नेपाली कांग्रेसले उठाएका कतिपय मुद्दाहरु सहि रहेको भन्दै ति विषयहरुको सम्बोधन हुने बताएका थिए।

प्राकृतिक दोहनको विषयमा वडाहरुलाई दिएको अधिकार दुरुपयोग भएको स्वीकार्दै नगरप्रमुख खरेलले वडा नम १३ को बालुवा प्रसोधन केन्द्रलाई नगरपालिकाले हालसम्म अनुमति नदिएको समेत प्रस्ट पारेका थिए।

 

नेपाली कांग्रेस बुढानिलकण्ठले बुझाएको ज्ञापन पत्र :

       के के छन मुख्य विषयहरु ?

तपाइँको प्रतिक्रिया ।