रुसी आक्रमणको बिरोधमा मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले गर्यो बिरोध प्रदर्शन

रुसी आक्रमणको बिरोधमा मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले गर्यो बिरोध प्रदर्शन

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १७ । मानवअधिकार तथा शान्ति समाज, काठमाडौं शाखाले सोमबार बिहान रसियाले युक्रेनमाथि गरेको आक्रमण तत्काल रोक्न माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ६ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा उनीहरूले शान्तीपूर्ण  प्रदर्शन गरेका हुन् ।

रसियालाई तत्काल युद्ध रोक्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । ‘सेभ पिपल फ्रम वार’, ‘एस टु पिस नो टु वार’लगायतका नारा लेखिएको  प्लेकार्ड बोकेर मैनबत्ती बालेका उनीहरूले मृतात्माको  चिर शान्तिको कामनासमेत गरेका छन ।प्रदर्शनमा मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वअध्यक्ष उत्तम पुडासैनी, काठमाडौं शाखामा कार्यबाहक अध्यक्ष भगवान् पुडासैनीसहित स्थानीय जनप्रतिनिधि र विधार्थीहरूको  सहभागिता रहेको थियो  ।

 

 

तपाइँको प्रतिक्रिया ।