समाजसेवी इश्वर सापकोटाले असाहाय बाछा बाछी संरक्षण केन्द्र गोठाटारलाइ गरे आर्थिक सहयोग

समाजसेवी इश्वर सापकोटाले असाहाय बाछा बाछी संरक्षण केन्द्र गोठाटारलाइ गरे आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं फाल्गुन १७  ।असाहाय बाछा बाछी संरक्षण केन्द्र गोठाटारलाइ  आर्थिक  सहयोग गरिएको छ। सापकोटा कल्याण समाजका अध्यक्ष तथा ईष्ट पोल उच्च मा बि का अध्यक्ष समाजसेवी शिक्षा बिद ईश्वर प्रसाद सापकोटाले  आज आफ्नो जन्म दिनको अवसर पारेर  परित्यक्त र दुर्घटनामा परेका गाई,गोरु, बाछा बाछी संरक्षण केन्द्र गोठाटारमा   उनीहरुको संरक्षण तथा औषधोपचारका लागि रु. १०  हजार  रुपैया सहयोग गरेका  हुन ।

बिगत लामो समय देखि आफ्नो र परिवारका  हरेक सदस्यको जन्म दिनको अवसर पारेर उनले  असाहाय बाछा बाछी संरक्षण केन्द्र गोठाटारलाइ  सहयोग गर्दै आएको बाछा बाछी असाहय संरक्षण केन्द्रका सामाजिक अभियन्ता  इश्वर पुडासैनीले जानकारी दिएका छन।

विभिन्न चाडपर्व तथा पारिवारिक उत्सवहरुमा हुने फजुल खर्चलाई कटौती गर्दै समाजको ध्यानाकर्षण गराउन  उनले सामाजिक संघ संस्थालाई सहयोग  गर्दै आएका सापकोटालाइ  असाहाय बाछा बाछी संरक्षण केन्द्रका सामाजिक अभियन्ता उत्तम पुडासैनीले धन्यबाद दिएका छन।

तपाइँको प्रतिक्रिया ।