लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले शनिबार रक्तदान गर्दै
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १३ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटार तेज विनायक चोकमा रक्तदान कार्यक्रम हुने भएको छ। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी स्वीकृत अन्तरगतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको आयोजनामा फाल्गुन १४ गते शनिबार बिहान ९ बजे देखि अपरान्ह २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले अनुरोध गरेका छन ।
रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित आयोजना गर्न लागिएको उक्त रक्तदान कार्यक्रममा इच्छुक स्वस्थ ब्यक्तिहरुलाइ रक्तदान गर्न समेत उनले अनुरोध गरेका छन । कार्यक्रममा तथा एपसाइट इन कर्पोरेसन प्रालिको सहयोग रहेको छ ।