उद्यमशील महिला समुह गोकर्णेश्वर ४ को आयोजनामा भएको ३ महिने सिलाई बुनाई तालिम सम्पन्न

उद्यमशील महिला समुह गोकर्णेश्वर ४ को आयोजनामा भएको ३ महिने सिलाई बुनाई तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ११ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा  उद्यमशील महिला समुह गोकर्णेश्वर ४ को आयोजनामा भएको ३ महिने सिलाई बुनाई तालिम सम्पन्न भएको छ । २० ७८ साल मंगसिर ४ गते बाट शुरु भएको उक्त तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।

मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ४को सभाहलमा  उद्यमशील महिला समुह गोकर्णेश्वर ४ को अध्यक्ष प्रमिला शेर्पा (प्रमी)को अध्यक्षता भएको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगर उप प्रमुख शान्ती नेपाल , गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत,वडा सचिब नवराज सेन गोकर्ण महिला समाजकि सचिव अम्बिका निरौला, लगायत उद्यमशील महिला समुहका पदाधिकारी सहित प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको  कार्यक्रम संचालन रोनी केसी (अमृता)ले गरेकी थिइन ।

राष्ट्रिय गान र नगर गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले पानसमा दिप प्रज्वलन सहित गरेका थिए।गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महतले स्वागत मन्तब्य राखेको कार्यक्रम उद्यमशील महिला समुहकि सरिता रिजालले  कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी  थिइन।

 कार्यक्रममा  प्रशिक्षार्थीहरुको तर्फ बाट मनिता राइले तालिमको अनुभब  प्रस्तुत गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल,  नगर उप प्रमुख शान्ती नेपाल  नगर प्रमुख सन्तोष चालिसे लगायतको शुभकामना मन्तब्य  राख्दै सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गरेका थिए । नगरले  महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो खुल्ने बताएका थिए । महिलालाई आत्मनिर्भर तथा महिला शसक्तिकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रुपमा तालिमको आवश्यकता रहेको महसुश गरेर नगरले बिभिन्न समयमा सीपमुलक तालिम संचालन गर्दै आएको जानकारी दिदै सिकेका शिपलाई  व्यवहारमा उतारी आत्म निर्भर बन्न प्रेरित गरेका थिए।

उनीहरुले इच्छाशक्ति हुनु पर्छ सिप सिकाउने काम नगरपालिकाले गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएका थिए ।  नगरपालिकाले नगरबासीका सरोकारको  बिषयहरुलाई बढी प्राथमिक्ता राखेर काम गरिरेहेको नगरपालिकाले  नगरको पुर्वधार बिकास, खानेपानी, ढल, सडक, शिक्षा, रोजगारी, लगाएतका बिषयमा काम गरिरहेको जानकारी गराएका थिए।नगरपालिकाले महिला सशक्तिकरणका लागि आर्थिक उपार्जनमा जोड दिएको जानकारी दिदै  शिप सिकेर उद्यम बन्न चाहने महिलाहरुलाई नगरपालिकाले सहयोग गर्ने जानकारी गराएका  थिए।

 अध्यक्षताको आसन बाट बोल्दै उद्यमशील महिला समुह गोकर्णेश्वर ४ को अध्यक्ष प्रमिला शेर्पा (प्रमी)ले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै  उद्यमशील महिला समुहले  महिलाहरुलाइ उद्यमशिल कार्य गर्नको लागि सहयोग गर्दै आएको जानकारी गराएकी थिइन । सिलाई बुनाइ तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउने उदेश्य सहित तालिम संचालन गरेको जानकारी गराएकी थिइन। सिकेका सीपको प्रयोग गरि स्वरोजगारमा लाग्न आग्रह अनुरोध गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।