काठमाण्डौ महानगरपालिका वडा नं ६ को अध्यक्षमा आठ जना उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन
काठमाडौं, फागुन ११।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं ६  को अध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचन आयोगको मत परिणाम अनुसार वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका दिपेन्द्र लामाले ३६१५ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भुम्बो छेवांग लामा ( विरेन्द्र ) ले ३००६ मत प्राप्त गरेका थिए।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रका मिलन भुजेलले ७३१ ,राप्रपाका ज्ञानेन्द्र  लामाले २८२,संघीय समाजवादी फोरमका निरज लामाले २७० मत  प्राप्त  गरेका थिए।

स्वतन्त्र उम्मेदवार सागर लुइँटेलले २०६ मत प्राप्त गरेको सो निर्वाचनमा नेकपा मालेका सुमन पुडासैनी र स्वतन्त्र उम्मेदवार शेखरनाथ आचार्यले ८३ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।