लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक D को गभर्नरमा लायन विष्णु भाई श्रेष्ठ निर्वाचित
कपन अनलाइन
काठमाडौँ, फाल्गुन ९। लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक 325A1को दशौँ तथा अन्तिम कन्भेन्सन बाट प्रस्तावित डिष्ट्रिक D को लायन बर्ष २०२२/२३ का लागी गर्भनर पदमा लायन्स क्लब अफ काठमाडौँ गोकर्णेश्वरका लायन विष्णु भाई श्रेष्ठ PMJF निर्वाचित भएका छन। श्रेष्ठसँग प्रतिस्पर्धिका रूपमा लायन्स क्लब अफ दोलखा बाट लायन दिपेन्द्र शाक्य MJF रहेका थिए ।श्रेष्ठले कुल ११६ मत संगै डिस्ट्रिक गभर्नरको रुपमा निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी लायन लायन दिपेन्द्र शाक्य MJF ले ९८ मत प्राप्त गरेका थिए ।
त्यसै गरि फस्ट डिष्ट्रिक गर्भनरको रुपमा लायन्स क्लब काठमाडौँ राईजिगं सनका रमेश कुमार लामा MJF निर्वाचित भएका छन् । उनको प्रतिस्पर्धी लायन सुर्दशन आर्चाय MJF रहेका थिए । लायन लामाले कुल १२३ मत प्राप्त गरे संगै निर्वाचित भएका हुन उनका प्रतिस्पर्धी लायन सुर्दशन आर्चाय MJFले कुल ९१ मत प्राप्त गरेका छन। त्यस्तै सेकेण्ड भाईस डिष्ट्रिक गर्भनरका रुपमा लायन्स क्लब अफ काठमाडौं जोरपाटीका लायन सुरेन्द्र प्रकाश बालय PMJF रहेका थिए भने उनको प्रतिस्पर्धीको रुपमा लायन्स क्लब अफ काठमाडौँ मेलभिन्जोन्सका लायन योगराज कँडेल रहेका थिए ।
लायन सुरेन्द्र प्रकाश बालय PMJFले १२६ मत प्राप्त गरेर सेकेण्ड भाईस डिष्ट्रिक गर्भनरका रुपमा निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी लायन योगराज कँडेलले कुल ८१ मत प्राप्त गरेका थिए ।विराटनगरको होटल मनास्लु ईनमा फागुन ७ गते लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक अन्तर्गत 325A1 को दशौँ तथा अन्तिम कन्भेन्सन आयोजना भएको थियो । मतदान भने भर्चुअल माध्यम बाट भएको थियो ।
लायनस्टिक इयर २०२२। २०२३ को लागि क्याबिनेट सेक्रेटरीमा लायन्स कल्ब अफ काठमाण्डौ डाँफेका चार्टर प्रसिडेन्ट लायन महेस आचार्यलाइ मनोनित गरिएको छ भने क्याबिनेट टेर्जररमा लायन्स क्लब अफ साँखु का चार्टर प्रेसिडेन्ट लायन लब कुमार श्रेष्ठ लाइ मनोनित गरिएको छ ।