नेपाली कांग्रेस बागमती प्रदेश काठमाडौं निर्वाचन क्षेत्र नं ३ समितिको आयोजना भएको बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फाल्गुण ९। नेपाली कांग्रेस बागमती प्रदेश काठमाडौं निर्वाचन क्षेत्र नं ३ समितिको आयोजना भएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित  रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिकाको  पिस ब्यान्केट जोरपाटीमा भएको उक्त रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक हरिबोल बिष्टले कपन अनलाइनलाइ जानकारी गराए।

छोटो छोटो समयको तयारी तथा बिभिन्न स्वास्थ्य तथा अन्य कारणले गर्दा जम्मा ३१  जनाले रक्तदान गरेको उनले  जानकारी गराए।  उनले रक्तदान गर्न इच्छुक धेरै भए पनि स्वास्थ्य तथा विविध कारणले गर्न   इच्छुक ब्यक्तिले समेत रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन  ।

कार्यक्रममा नेपाली कांग्रेसको को केन्द्रीय सदस्य तथा पुर्व मन्त्री अम्बिका बस्नेत, बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ३ सभापती एबम नगर प्रमुख सन्तोष चालिसे, नगर उप प्रमुख शान्ती नेपाल नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिब  गोबिन्द पुडासैनी  लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।