रिटर्नी फेडेरेसन नेपाल ओखलढुंगाको अध्यक्षमा श्रीराम गुरुङ

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

रिटर्नी फेडेरेसन नेपाल ओखलढुंगाको अध्यक्षमा श्रीराम गुरुङ चयन भएका छन् । ओखलढुंगा जिल्लामा भएको  फेडेरेसनको प्रथम जिल्ला भेलाले गुरुङको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटीको गठन गरेको छ।

भेलाले कमिटीको उपाध्यक्षमा बलबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा ज्ञानुमाया राई, सचिवमा भिमप्रसाद खतिवडा, सहसचिवमा गोपाल बस्नेत र पूर्णकान्छा गुरुङ र कोषाध्यक्षमा नरबहादुर सुनुवार सहित २० जनाको जिल्ला कमिटी चयन गरेको छ ।

रिटर्नी फेडेरेसन नेपाल नेकपा एमालेको कान्छो जनवर्गिय संगठनमा पेशा व्यवसायका लागि विश्वका विभिन्न स्थानमा पुगेर फर्किएकाहरु संगठनमा आवद्ध छन् ।

 

तपाइँको प्रतिक्रिया ।