रोशी-९ मंगलटारको ऐतिहासिक बिन्ध्यबासिनीको मुल मन्दिरको पुनर्निर्माण शिलान्यास

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं ९, मंगलटारमा रहेको ऐतिहासिक बिन्ध्यबासिनीको मुल मन्दिरको पुनर्निर्माण तथा अन्य नयाँ सरचनाहरुको नयाँ निर्माणकार्यको शिलान्यास गरिएको छ।

फागुन ७ गते शनिबार बागमती प्रदेशका युबा तथा खेलकुद मन्त्री रत्न ढकालज्युको प्रमुख आतिथ्यतामा विसं १६५० सालमा  स्थापना भएको उक्त ऐतिहासिक मन्दिर २०४५ र २०७२ सालको भुकम्पका कारण पुर्णरुपमा क्षती भएको थियो।

गतबर्ष रोशी गाउँ पालिकाको सहयोगमा डिपिआर तयार गरि कुल  एक करोड चौरासी लाखको लागतमा निर्माण गर्न लागिएको सो मन्दिरका लागि  बागमती प्रदेश सरकारको तर्फबाट पन्ध्र लाख रुपैयाँ , पुरातत्व बिभागबाट दस लाख रुपैयाँ ,गाउँपालिकाबाट तीन लाख रुपैयाँ र सहयोगी दाताहरुबाट रकम संकलन गरिएको छ ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री रत्न ढकालले सो  मन्दिर र क्षेत्रकै बिकासको लागि पुर्ण रुपमा सहयोग गर्न थप बजेटको ब्यबस्था गर्ने प्रतिवदत्ता व्यक्त गर्दै   युबा लक्षित कार्यक्रम संचाल योजनालाई थप प्रभाबकारी बनाउने र खेल बिकासमा थप कार्यक्रम संचालन गर्ने जानकारी दिएका थिए ।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष  कान्छालाल जिम्बा, महाभारत गाउँपालिका, युबा नेता सुजन लामा, रोशी गाउँ पालिका वडा न ९ का सदस्य मेख लामा, वडा सदस्य दुर्गा अधिकारी, समाजसेबी श्यामलाल तामाङ, समाजसेबी मोहन तामाङ, बिन्ध्यबासिनी मन्दिर निर्माण समितिका सल्लाहकार तथा जोसेफ एजुकेसनल नेटवर्कका प्राचार्य सुर्य बहादुर अधिकारी, सल्लाहकार तथा भक्तपुर निस्टका प्राचार्य चन्द्र कुमार अधिकारी, सदस्य तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज होम बहादुर अधिकारी लगायतका अतिथिहरुले बिन्ध्यबासिनी मन्दिरको निर्माणले सो  क्षेत्रमा धार्मिक पर्यटनको बिकास  र  आम समुदायको आय आर्जन  र , मंगलटार हुँदै हेटौंडा जोड्ने राजमार्गको बिकास सम्बन्धमा जोड दिएका थिए।

शिलान्यास कार्यक्रममा मंगलटारका जेष्ठ नागरिक, आम जनसमुदायको बाक्लो उपसंचालन गरेका थिए भने  स्वागत मन्तब्य सचिब राजेन्द्र अधिकारी, धन्यवाद मन्तव्य समाजसेवी बिदुर अधिकारीले राखेका थिए ।

बिन्ध्यबासीनी मन्दिर निर्माण समितिका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको थियो  ।

तपाइँको प्रतिक्रिया ।