बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा पाँच जना उम्मेदवार,कस्तो थियो मत परिणाम ?

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा पाँच जना उम्मेदवार,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचन आयोगको मत परिणाम अनुसार वडा नं ३  को अध्यक्षमा नेकपा एमालेका तत्कालिन  उम्मेदवार बालकृष्ण श्रेष्ठ ( हाल नेकपा एकीकृत समाजवादी )   ७३९ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हर्ष बहादुर ठकुरी ( हमाल ) ले  ६५३   मत प्राप्त गरेका थिए।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रका लक्ष्मण भण्डारीले १५८ मत प्राप्त गरेका थिए  भने राप्रपाका खड्ग बहादुर पौडेलले ७५   र नयाँ शक्ति पार्टी नेपालका शिवराज पौडेलले १७ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।