संगठन विस्तार र जनसेवामा सक्रिय बन्यो नेपाली कांग्रेस बुढानिलकण्ठ,स्वास्थ्य सिविर सम्पन्न
कपन अनलाइन
काठमाडौं,फागुन ७।
नेपाली कांग्रेस बुढानिलकण्ठ संगठन विस्तार र जनसेवामा सक्रिय बनेको छ। बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाहरुमा टोल कमिटी गठन र संगठन विस्तारलाई तीव्रता दिएको नेपाली कांग्रेसले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा स्वास्थ्य सिविर आयोजना गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो स्वास्थ्य सिविरमा २०३ जना नगरवासीले सेवा लिएका थिए।
पार्टीको राजनितीक गतिविधि संगै जनताको सेवामा विभिन्न जनमुखी काम गर्ने नगर समितीको योजना अनुसार उक्त सिविर संचालन गरिएको जानकारी दिदै सभापति राजाराम बुढाथोकीले कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।
सो स्वास्थ्य सिविरमा जांच पश्चात मोतिया बिन्दु देखिएका १९ जना र आर्थिक अवस्था कमजोर रहेका २ जनालाई नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ इकाई समितीका पुर्व सभापती होमनाथ तिमल्सिनाले आर्थिक सहयोग गर्ने प्रतिवदत्ता जनाएको बताउदै नगर समितीका सह सचिव तथा कार्यक्रमका संयोजक कुमार खड्काले सह आयोजक वडा नं १२ इकाई समिति ,जीपी फाउन्डेसन काठमाण्डौ ४ (२ ) ,एभरेस्ट आइ सेन्टर र कपन खरीबोट टोल सुधार समितिलाई पनि धन्यवाद दिएका छन।