नेकपा ( एकृकित समाजवादी ) काठमाण्डौ-७ मा मैंजुबहाल-कुमारीगाल-गौरीनगर टोल कमिटी गठन

कपन अनलाइन

काठमाडौं,फागुन ७ ।

फागुन ७ गते राष्ट्रिय प्रजात्रन्त्र दिवशका अवसर पारेर नेकपा ( एकृकित समाजवादी ) काठमाण्डौ महानगरपालिका वडा नं ७ कमिटीले पार्टी संगठन विस्तारका क्रममा मैंजुबहाल, कुमारीगाल र गौरीनगर टोल कमिटी गठन गरेको छ। कामपा ७ वडा पार्टी कमिटिका अध्यक्ष  आशिष श्रेष्ठको अध्यक्षतामा भएको भेलाले दिपक नेपालको अध्यक्षतामा गोपी पौडेल उपाध्यक्ष, जिवन श्रेष्ठ सचिब, उपसचिवद्वय  शुभेच्छा अधिकारी र निशा भट्टराई रहेको ५१ सदस्यीय टोल कमिटी गठन गरेको छ भने उक्त कार्यक्रममा नेकपा एमालेका संगठित सदस्य र युवा संघ आवद्ध  केही एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा (एकृकित समाजवादी ) बागमती प्रदेश कमिटिका सदस्य धुर्व प्रसाद न्यौपानेको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य एवं काठमाडौं महानगरपालिका ७ वडा समिति अध्यक्ष सुध्द कुमार डंगोल बिशेष अतिथि रहेका थिए भने उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य एवं ७ वडा समिति सदस्यदय कृष्णप्रसाद घिमिरे र निर्मला पुडासैनी,जिल्ला सदस्यरु मिलन खरेल, धरणिधर अधिकारी केशव दंगाल क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. ४ का उप सचिव सन्तोष तिमिल्सिना सुर्य बहादुर श्रेष्ठ, दामोदर अधिकारी, प्रकाश अधिकारी, दिपक श्रेष्ठ, भीष्म सुवेदीको उपस्थितिमा भएको भेलामा ७ वडा पार्टी कमिटीका सदस्य कुश कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।

एकृकित समाजवादी ७ वडा पार्टी कमिटीका सचिब मुकुन्द अधिकारीले संचालन गरेको उक्त कमिट गठन कार्यक्रममा ७ वडा उप सचिव अरुण पोख्रेल र सदस्यरु बिनु क्षेत्री, रमला नेपाल,अमिर पुडासैनी, संगिता नेपाल, अमित श्रेष्ठ ,कुश कुमार श्रेष्ठ भोज कोइरालाको उपस्थिति रहेको थियो ।

नव गठित टोल कमिटीका अध्यक्ष दिपक नेपालले आउदो स्थानिय निर्वाचनमा कलम चिन्हका उम्मेदवारहरुलाई जिताउन र टोलमा आईपर्ने टोलबासीका विभिन्न समस्या र टोल बिकासमा आफू र टोल कमिटिका सदस्यहरु कटिबद्ध भएर लाग्ने प्रतिवद्त्ता व्यक्त गरेका थिए।

चावहिल बजार, बहाल, सिफल पनेकु लगायतका क्षेत्रमा पनि टोल कमिटी गठन गरिने र चावहिल चोकमा केहि दिनमा  कामपा ७ वडा पार्टी कार्यालय स्थापना गरिने जानकारी दिदै नेकपा ( एकृकित समाजवादी) काठमाण्डौ महानगरपालिका वडा नं ७ कमिटीका अध्यक्ष आशिष श्रेष्ठले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।