चन्द्रागिरी नगरपालिकाको उपप्रमुखमा १० जना थिए उम्मेदवार ,कस्तो थियो मत परिणाम ?

चन्द्रागिरी नगरपालिकाको उपप्रमुखमा १० जना थिए उम्मेदवार ,कस्तो थियो मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्द्रागिरी नगरपालिकाको उपप्रमुख पदमा १० जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा  नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको विवरण अनुसार चन्द्रागिरी नगरपालिकाको उपप्रमुखमा तत्कालिन नेकपा एमालेकी उम्मेदवार लिशा नकर्मी ११८३४  मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार इन्द्रावती श्रेष्ठले ११२३२  मत प्राप्त गरेकी थिइन्।

त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उर्मिला रोक्काले ३८५४  मत प्राप्त गरेका थिइन्  भने राप्रपाकी देवी भण्डारीले ८०२  प्राप्त गरेकी थिइन।

त्यस्तै रास्ट्रिय जनमोर्चाका रोसन दानीले ३९९ मत पाएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार मैया महर्जनले १६७ ,नेकपा मालेकी मन श्रेष्ठले ९९,  स्वतन्त्र उम्मेदवार जयकृष्ण महर्जनले ३९३ ,अम्बिकादेवी पाण्डे ले ८२ र नेपाल मजदुर किशान पार्टीकी सृजा थापा मगरले ३३६ मत प्राप्त गरेकी थिइन्।

तपाइँको प्रतिक्रिया ।