राष्ट्रिय खेलकुद परिषद्को सडक दौड आज

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको  छ । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन् ।
छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ । काठमाडौंबाट १ सय, ललितपुरबाट ७५ र भक्तपुरबाट ५० गरी जम्मा २ सय २५ प्रतिस्पर्धी सहभागी हुने शर्माले जानकारी गराए ।
छात्र÷छात्रा दुवैमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार पाउने छन् । छात्र÷छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार, चौथोले ४ हजार र पाँचौंले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।

तपाइँको प्रतिक्रिया ।