प्रजातन्त्र : गंगा लिगल (कविता )

प्रजातन्त्र : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७ ।

देशको जग हो प्रजातन्त्र
राष्ट्रको अक्षुणता निभाउने
मानव मानवबीच एक
स्वतन्त्र अस्तित्व दिलाउने ।

यो स्वतन्त्रता र सार्बभौमसत्ता
प्राप्तिको मुहुर्त मिलाउने
मौका प्राप्ती भयो आज
सहिदको रगत मूल्य चुकाउने ।

एक तन्त्री शासनको क्रुरता
थियो सारै कष्ट प्रद गराउने
नेपाली हात काध मिलाउदा
बनायो पुर्ण जोश दिलाउने ।

पुर्णता प्राति यो नेपालीको
सदा अमरता भरिदिने
कन्टक केही नबिछाईयोस यहाँ
खल्लो तररो रसाउने ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।