त्रियुगा : कृष्ण काफ्ले (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७ ।

त्रियुगा उपत्यका मेरो जन्म थलो परो ।
सभ्यता निर्माण गर्ने ऐतिहाँसिक कुरो ।१।

त्यो उर्भर फाँट चिर्दै बग्छ नदि त्रियुगा ।
हरीयालि पार्दै काट्यो जुगौ जुग ।२।

रौता लेक वारि पट्टि परो यसको शिर ।
सुनकोसि छोइ अन्त हुन्छ यसको पिर ।३।

रौता रानि देबि माथमा छिन साथ ।
लाख जीवन सिंचायको छ यिनको गाथ ।४।

सुनाखरि बुकिफुल तारे भिरको साथमा ।
सुसाउदै झर्छिन तल हरेक मध्य रातमा ।५।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।