टोखा नगरपालिकाको उप प्रमुखमा ८ जना थिए उम्मेदवार,कस्तो थियो मत परिणाम ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ५ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको उपप्रमुख पदमा ९जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।
निर्वाचन आयोगको विवरण अनुसार टोखा नगरपालिकाको उपप्रमुखमा तत्कालिन नेकपा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ८०९८ मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले ८०३६ मत प्राप्त गरेकी थिइन्।
त्यस्तै सो निर्वाचनमा नेकपा माओवादी केन्द्रका दिपक बानियाले २४७४ मत प्राप्त गरेका थिए भने राप्रपाका सुरज कुमार पाण्डेले ८६० मत प्राप्त गरेकी थिइन।
मधेसी जनाधिकार फोरमकी रेनुका गुरुङले ९९ मत पाएको सो निर्वाचनमा नेपाल मजदुर किसान पार्टीकी रेबिना डंगोलले ६७४ मत प्राप्त गरेकी थिइन।
त्यस्तै देश भक्त पर्यावरण पार्टीकी गीता कुमारी घिमिरेले १२ मत पाएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार रुपा कुमारी अधिकारीले २५ र सन्त बहादुर पन्तले १८ मत प्राप्त गरेका थिए।