कागेश्वरी मनोहरा नगर प्रमुख : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ५ ।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै अहिले कागेश्वरी मनोहरा नगरपालिकामा पनि सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको निर्वाचनमा नागर प्रमुख र उपप्रमुख संगै धेरै वडामा जितेको नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार कृष्णहरी थापा (नेकपा एकीकृत समाजवादी ) मा सक्रिय भए संगै यस नगरपालिकामा उपप्रमुख ,वडा अध्यक्ष संगै स्थानीय नेताहरुले प्रमुख पदमा दावेदारी दिने तयारी गरेका छन ।
सबै शाखा र नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट नगर प्रमुखको पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. बिन्दु पुडासैनी सिम्खडा
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुखमा बिजयी बनेकी बिन्दु पुडासैनी सिम्खडा यस पटक नगर प्रमुख पदको प्रवल दावेदारका रुपमा रहेकी छन।
नगर प्रमुख कृष्णहरी थापा (नेकपा एकीकृत समाजवादी ) मा सक्रिय भएपछि अहिले नेकपा एमालेको तर्फ बाट नगरपालिकामा नेतृत्व गरिरहेकी पुडासैनी लामा समय देखि राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहदै आएकी छन।
२. रामशरण ढुंगाना
काठमाण्डौ क्षेत्र नं ३ र कागेश्वरी मनोहरा नगरपालिकामा नेकपा एमालेको संगठन निर्माण र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुराना नेता रामशरण ढुंगाना पनि कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
भुमि समस्या समाधान आयोग काठमाण्डौका अध्यक्ष रहिसकेका ढुंगाना लामो समय देखि सो क्षेत्रको राजनीतिक र सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहदै आएका छन।
३. राजाराम पुडासैनी
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता राजाराम पुडासैनी पनि आसन्न निर्वाचनमा नगर प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा निकै लामो समय देखि योगदान पुर्याइरहेका पुडासैनी साविक डाँछी गाविसका अध्यक्ष समेत रहेका थिए।
४. मुकुन्द गजुरेल
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का अध्यक्ष मुकुन्द गजुरेललाई पनि आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका लागि सम्भावित दावेदारका रुपमा हेरिएको छ।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य समेत रहेका गजुरेल पनि लामो समय रास्ट्रसेवा संगै विविध सामाजिक र राजनितिक गतिविधिहरुमा निरन्तर सक्रीय रहदै आएका छन।
५. ज्योतिराम फुँयाल
नेकपा एमाले कागेश्वरी मनोहरा नगर कमिटीका अध्यक्ष ज्योतिराम फुँयाल पनि कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख पदका लागि सम्भावित दावेदारका रुपमा देखिएका छन।
पेशाले कानुन व्यवसायी रहेका फुँयाल मदन भण्डारी फाउन्डेसन काठमाण्डौ पनि सक्रिय रहदै आएका छन।