लिखु -४ जलबिधुत आयोजनाको साधारण सेयर बिक्री खुला

लिखु -४ जलबिधुत आयोजनाको साधारण सेयर बिक्री खुला

कपन अनलाइन

काठमाण्डौ ,फागुन २।

ग्रीन भेन्चर्स लिमिटेडले लिखु ४ जलविद्युत आयोजनाले आयोजना प्रभावितलाई आज सोमबारबाट साधारण सेयर बिक्री खुला गरेको छ । फागुन  १६ गतेसम्म सेयर बिक्री गर्नेकम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्ने छ । उनीहरुले १०० रुपैयाँ अंकित दरका  ३१ लाख २५ हजार कित्ता सेयर पाउने छन् ।

सुरुमा प्रभावित क्षेत्र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २, ३, लिखु गाउँपिलका ९ र रामेछापको उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाले सेयर पाउने छन्। कम्पनीले ओखलढुंगामा लिखु-४ परियोजना निर्माण गरेको छ । यो ५२.४ मेगावाट क्षमताको आयोजना हो ।

यसको कुल अनुमानित लागत प्रति मेगावाट २३ करोड ५ लाख रुपैयाँ छ। कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।

स्थानीयका लागि सेयर निष्कासन गरेपछि कम्पनीले आम सर्वसाधारणका लागि जारी गर्ने धितोपत्र निष्काषन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कसरी दिने दरखास्त ?

तोकिएको प्रभावित क्षेत्रका बासिन्दाले १० कित्तादेखि ५० हजार कित्तासम्म शेयर खरिद गर्न पाउँछन् । साधारण शेयर भर्नका लागि ओखलढुंगाका प्रभावित क्षेत्रका बासिन्दाले खिजीफलाटेमा रहेको मेगा बैंकबाट दरखास्त फाराम प्राप्त गर्ने र बुझाउन सकिने व्यवस्था गरिएको छ । यस्तै रामेछापस्थित मन्थलीमा रहेको लक्ष्मी बैंक, मेगा बैंक, धोबीबजारमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय र आयोजना स्थलमा समेत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सकिनेछ  ।

 

तपाइँको प्रतिक्रिया ।