स्थानीय निर्वाचनमा १४ जना थिए तारकेश्वर नगर प्रमुखका उम्मेदवार,कस्तो थियो मतपरिणाम ?

स्थानीय निर्वाचनमा १४ जना थिए तारकेश्वर नगर प्रमुखका उम्मेदवार,कस्तो थियो मतपरिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन २।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तारकेश्वर  नगरपालिकाको प्रमुख पदका लागि १४ जनाले उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १४  जना उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको मतपरिणामक आनुसार सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहोराले ९३२६ मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार श्रीराम थापाले ७७५७ मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा माओवादी केन्द्रका धनलाल महर्जनले ३२२१  मत प्राप्त गरेका थिए भने राप्रपाका राज कुमार खड्काले ६८७  मत प्राप्त गरेका थिए।

नेपाल मजदुर किसान पार्टीका सनकलाल महर्जनले २८५ मत प्राप्त गरेको सो निर्वाचनमा बासुदेव फुयाल ,कुमार बहादुर पुन ,रमा शर्मा गौतम,राजाराम थापा,बल बहादुर केसी,बद्री चापागाई ,शंकर तिवारी ,आज्ञापाल डंगोल र इच्छाराम कार्की नगर प्रमुख पदका उम्मेदवार रहेका थिए।

तपाइँको प्रतिक्रिया ।