लिनिङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन आजबाट हुने

लिनिङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन आजबाट हुने

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३
लिनिङ्ग ११ औं पुष्पलाल स्मृती र्यान्किंग  राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आज  मंगलबारबाट हुने भएको छ । यस पटक ब्याडमिन्टन खेलमा स्थापित ब्राण्ड योनेक्सलाई बिस्थापित गर्दै प्रतियोगितालाई लिनिङ्गले साथ दिएको छ ।
ललितपुरको नखिपोटको कभर्डहलमा हुने प्रतियोगितालाई नखिपोट युथ क्लबले राष्ट्रिय ब्याडमिन्टन संघ संग मिलेर संयुक्त रुपमा आयोजना गर्दै छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको छ । प्रतियोगितामा खेलाडीको अत्याधिक चापलाई हेर्दै ८ गते सम्म लम्बाईएको संघले जनाएको छ ।
प्रतियोगितामा संघ संग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका ), पुरुष एकल (१६ औ बरियता देखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय बरियतामा १२ औं स्थानमा रहेका), महिला एकल (१२ औं बरियता देखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्ष माथि र मास्टर्स ५५ बर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा हुने भएको छ ।
भोलीको पहिलो खेल विहान ७ बजे बाट पुरुष एकल (१६ बरियताका) को प्रतिस्पर्धाबाट सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन बिहान ९ बजे हुने आयोजकले जनाएका छन् ।

b

तपाइँको प्रतिक्रिया ।