स्थानीय निर्वाचनमा १४ जना थिए बुढानिलकण्ठ नगर प्रमुखका उम्मेदवार,कस्तो थियो मतपरिणाम ?

स्थानीय निर्वाचनमा १४ जना थिए बुढानिलकण्ठ नगर प्रमुखका उम्मेदवार,कस्तो थियो मतपरिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन २।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका लागि १४ जनाले उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १४ जना उम्मेदवार रहेका थिए।

निर्वाचन आयोगको मतपरिणामक आनुसार सो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार उद्दव प्रसाद खरेल १३२४६ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजु श्रेष्ठले ८९२७ मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार रबिन अधिकारीले ३७९० मत प्राप्त गरेका थिए भने राप्रपाका सानुकान्छा श्रेष्ठले  १४४५  मत प्राप्त गरेका थिए भने संघीय समाजवादी फोरमका लक्ष्मण गुरुङले २०९ मत प्राप्त गरेका थिए।

सो निर्वाचनमा छवी बहादुर खनाल ,सिताराम श्रेष्ठ ,प्रदिप थापा ,मधुसुदन कार्की ,महेस केसी ,कृष्ण कुमार गुप्ता ,अशोक कुमार रोक्का क्षेत्री ,देवी प्रसाद अधिकारी र रामशरण उप्रेती पनि नगर प्रमुख पदको उम्मेदवार रहेका थिए।

तपाइँको प्रतिक्रिया ।