नेपालकै अग्लो बुद्ध मूर्ति हेलम्बुमा बन्दै

 २६ चैत, हेलम्बु । हेलम्बुमा एसियाकै ज्योतिका रुपमा मानिँदै आएका भगवान् गौतम बुद्धको मूर्ति स्थापना हन लागेको छ । यो बुद्ध जन्मेको पावन भूमि नेपालमा स्थापित मूर्तिहरुमध्ये सबैभन्दा अग्लो मूर्ति हुनेछ ।
पर्यटकीय नगरी र बुद्धमार्गी बसोवास गर्ने सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पर्ने किउल–९ स्थित कोलाना गाउँमा १०८ फिट उचाइको बुद्ध मूर्ति स्थापना गर्न लागिएको हो । विश्व शान्ति र पर्यटकीय दृष्टिकोणले देशलाई चिनाउने उद्देश्यले रु छ करोडको लागतमा बुद्ध मूर्ति निर्माण सुरु गरिएको छ । सो मूर्तिको सभासद् शेरबहादुर तामाङले पुस अन्तिम साता शिलान्यास गर्नुभएको थियो ।
images
पाँच वर्षको अवधिभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरिएको सो कार्यका लागि सभासद् तामाङले सांसद विकास कोषबाट रु १० लाख सहयोग प्रदान गर्नुभएको छ । हालसम्म चन्दा सङ्कलनबाट रु ५० लाख र गाविसबाट रु २० हजार प्राप्त भएको निर्माण समितिका सचिव छिरिङ ग्याल्बोले बताउनुभयो ।
नोर्बुलिङ बुद्ध केन्द्र किउल ९सेर्माथाङ० को सक्रियतामा गुरुयोजना बनाई काम थालिएको समितिका अध्यक्ष फुर्वा ह्योल्मोले जानकारी दिनुभयो । उहाँका अनुसार हेलम्बु क्षेत्र बुद्ध भूमि भएकाले यसलाई बौद्धमार्गीहरुको पवित्र तीर्थस्थलका रुपमा विकास गर्न जरुरी भएको छ । हेलम्बुलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पूर्वाधारका रुपमा सडक र पर्यटन विकासको गुरुयोजना तयार पारिएको छ । सडक सुधारका लागि सरकारी निकायबाट बजेटको व्यवस्थासमेत भइसकेकाले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा यो ठाउँको छिट्टै विकास हुनेमा स्थानीयवासी आशावादी छन् ।
करिब एक हजार वर्ष प्राचीन चिरी घ्याङ रहेको सो क्षेत्रमा तार्केघ्याङ, मेलम्चीघ्याङ, बगाम घ्याङलगायत दर्जनौँ गुम्बा तथा घ्याङ रहेका छन् । चलनचल्तिमा हेलम्बु एकमात्र गाविसको नाम भए पनि हेल्मु अर्थात् हेलम्बु क्षेत्र ३÷४ वटा गाविसलाई भनिने गरिन्छ । यहाँ ह्योल्मो जातिको बसोवास रहेको छ ।
निर्माण समितिका सचिव लामाले भन्नुभयो, ‘बुद्ध मूर्ति स्थापना भएपछि ह्योल्मोको पवित्र भूमिको धार्मिक तथा ऐतिहासिक पृष्ठभूमिको खोज एवम् अनुसन्धान हुन गई त्यसको गरिमा बढ्नेछ । देशलाई चिनाउने हाम्रो उद्देश्य हो ।’
नेपालको लुम्बिनीमा २५७८ वर्ष अघि भगवान् बुद्धको जन्म भए पनि विश्वकै अग्लो बुद्ध मूर्ति भने चीनमा स्थापना भएको छ । अफगानिस्तानको बामियानमा करिब डेढ दशक अघि विद्रोही तालिवानीले विश्वकै अग्लो बुद्ध मूर्ति ध्वस्त पारेका थिए । संयुक्त राष्ट्रसङ्घलगायत विश्वका धेरै राष्ट्रले विश्वसम्पदा सूचीमा सूचीकृत ६५ मिटर अग्लो सो मूर्ति नभत्काउन आग्रह गरे पनि तालिवानीले विस्फोट गराएर नष्ट गरे । अहिले सो मूर्ति पुनःस्थापना गर्ने काम चलिरहेको छ । बामियान बुद्ध नष्ट गरिए पछि चीनमा नयाँ मूर्ति बनाइएको हो ।
सो मूर्ति ध्वस्त भएपछि चीनको जाबकोन क्षेत्रमा रहेको ‘स्प्रिङ टेम्पल’ संसारकै सबैभन्दा अग्लो बुद्ध मूर्ति रहेको ठाउँ कहलिन पुगेको छ । छैसठ्ठी फिटको कमलको फूलमाथि रहेको ४२० फिटको बुद्ध मूर्ति विराजमान हुने जगलाई बलियो बनाउन दुबैतर्फ पर्खाल निर्माण गरिँदैछ । पर्खालको निर्माणपछि मूर्तिको उचाइ ६८२ फिट ९२०७ मिटर० हुनेछ ।
जिस्ट खबर डट कमका अनुसार मूर्ति निर्माणका लागि एक हजार टनका एकहजार १०० वटा तामाका ढिक्का प्रयोग भएका छन् । सो स्थानमा ११६ टनको एउटा घन्ट रहेको छ, जसलाई ‘बेल अफ गुड लक’ भनिने गरिन्छ ।
त्यसपछि दोस्रो नम्बरमा म्यानमारमा रहेको ल्याकुन ‘सेक्या स्ट्यान्डिङ टेम्पल’ पर्दछ । म्यानमारको खाताकाङ टोङग गाउँमा रहेको ४२७ फिट ९१३०।१५ मिटर० को बुद्धको मूर्ति संसारको दोस्रो अग्लो मूर्ति हो । चवालिस फिट अग्लो सिंहासनमाथि रहेको सो मूर्तिमा प्वाल रहेका छन् । मूर्तिको भित्रबाट चढेर प्वालबाट बाहिरको रमाइलो दृश्य हेर्न पनि मिल्छ । प्रतिष्ठित भिक्षु अबोट भेन नारदाले बनाएको सो मूर्तिको निर्माण सन् १९९६ मा सुरु भई ११ वर्षपछि सम्पन्न भएको हो । मूर्ति निर्माणमा ३५ हजार ९०० डलर खर्च गरिएको छ । यो उभिएको मूर्तिसगैँ सुतिरहेको बुद्ध मूर्ति पनि रहेको छ ।
संसारको तेस्रो अग्लो बुद्ध मूर्ति जापानमा रहेको छ । जापानको उसिखुमा रहेको यो बुद्धको मूर्ति ३९० फिट ९११८।८७ मिटर० उचाइको छ र यसलाई पूर्वी एसियामा मानिने असिम ज्ञानका बुद्ध पनि भनिन्छ । यो मूर्ति शुद्धीकरण नगरिएको तामाबाट बनाइएको हो । मूर्तिको तौल चार हजार ३०० टन रहेको छ । मूर्तिभित्र भिन्नभिन्न कथा झल्काउने चार बेग्लाबेग्लै सङ्ग्रहालय छन् ।
चीनको समुद्री तटमा रहेको ३५४ फिट ९१०७।८९ मिटर० अग्लो जियुयानइन बुद्ध मूर्ति संसारको चौथो अग्लो मूर्ति हो । सो मूर्तिमा तीन वटा बुद्ध रहेका छन् । त्यहाँस्थित बुद्धको एक अनुहार समुद्रपट्टि फर्केको र दुई अनुहार जमिनमा फर्केकाले बुद्धले पूरै पृथ्वीलाई रक्षा गर्ने मान्यता यहाँका बौद्धहरुको छ । सुनको जलप लगाई चिनियाँ क्यामफोरले बनेको उक्त मूर्ति निर्माण गर्न छवर्ष लागेको थियो ।

चौतारा । हेलम्बुमा एसियाकै ज्योतिका रुपमा मानिँदै आएका भगवान् गौतम बुद्धको मूर्ति स्थापना हन लागेको छ । यो बुद्ध जन्मेको पावन भूमि नेपालमा स्थापित मूर्तिहरुमध्ये सबैभन्दा अग्लो मूर्ति हुनेछ ।

तपाइँको प्रतिक्रिया ।