राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा वसन्त श्रवण 

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा वसन्त श्रवण 

कपन अनलाइन 

काठमाडौं, माघ २३। राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण  गरेकी छन  ।राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा  रहेको छ । सोही परम्पराअनुसार त्यहाँ  पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत  गरेकी थिइन  ।वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना लगायत   सरकारका विशिष्ट अधिकारीहरुको समेत उपस्थिति रहेको  थियो । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना  गरि मनाइने परम्परा रहेको छ  ।

तपाइँको प्रतिक्रिया ।